मेयरको जंगे शैली, 'आफैं नियम बनाउछन्, जनतालाई क्षति पुर्याउँछन्'

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jun 22, 2020 | 12:57:48 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्लागण्डकी नगरपालीकाका मेयर नगरपालिकाका मेयर किसान गुरुङको संलग्नतामा गत जेठ ५ गते तनहुँको व्यवसायी गणेश शाहको तरकारी नष्ट गरीयो। लकडाउनको नियम उल्लङ्घन गरेको आरोपमा मेयर गुरुङको ठाडो आदेशमा शाहको डेढ लाख रुपैयाँ बराबरको तरकारी खाल्डोमा पुरियो। 

मेयरको ठाडो आदेशमा पालिकाका प्रतिनिधि सहितको टोलीले पिडित शाहसंग कुनै कुरै नगरी र कुनै स्पष्टिकरण नसोधी  नेपाली सेनाका क्याम्पमा पुर्याउन प्याकिङ गर्दै गर्दाको तरकारी खोसेर खाल्डोमा पुरेका थिए।  

यस अघि: मेयरको दादागिरी: आर्मीलाई ढुवानी गर्न राखेको तरकारी खोसेर खाल्डोमा पुरिदिए (भिडियो)

भारतबाट आयात भएको तरकारी सर्वसाधारणलाई बिक्रि गर्दा कोरोना संक्रमण फैलिने भन्दै उनीहरुले तरकारी नष्ट गरेका थिए । तर पिडित  शाहले तनहुँको आर्मी क्याम्पहरुमा आपूर्ति गर्नको लागि उक्त तरकारी भारतबाट नभइ पोखरा तरकारी मन्डी, एन्फा फाँड बरादीबाट ल्याएका थिए। 

जिल्लाको नेपाली सेनाका क्याम्पलाई तरकारी तथा फलफुल पुर्याउने सम्झौता पिडित शाहले पाएका थिए र सोही अनुसार सेनालाई तरकारी पुर्याउन स्टोरमा संकलन गर्दै गर्दा नियम उल्लङ्घन गरेको आरोप लगाएर तरकारी जफत गरि खाल्डोमा पुरिएको थियो। शाहले २०७६ माघ एक गतेदेखि ०७७ पौष ३१ गतेसम्म एक वर्षको लगि सेनालाई तरकारी व्यवस्थापन गर्ने ठेक्का पाएका थिए । 

मेयर गुरुङले आफैले सुरक्षा दिनुपर्ने स्थानीयको तरकारी खोसेर खाल्डोमा पुर्ने बिषयलाई उपलब्धि ठानेपनि यो समाचार बाहिरीएपछि यसको चर्को आलोचना समेत भएको थियो। नेता देव गुरुङले समेत फेसबुक मार्फत स्ट्याटस लेखेर मेयर गुरुङको दादागिरी माथि प्रश्न उठाउदै यस्तो कार्य गलत भएको तर्क अघि सारेका थिए। 

उक्त घटना पश्चात मौखिक रुपमा क्षतिपूर्तिको माग गर्दा कुनै सुनुवाई नभएपछि घटनाको ठिक तीन दिनपछि अर्थात जेठ आठ गते पिडित शाहले जिल्ला प्रशासन कार्यलय तनहूँमा एक लाख ५० हजार क्षतिपूर्ति मागदावी गर्दै उजुरी दिए । तर उक्त निवेदन उपर अझैसम्म पनि कुर्नै सुनुवाई हुन सकेको  छैन। 

जिल्ला प्रशासनले उक्त उजुरी उपर सुनुवाई गर्नको लागि सम्बन्धीत नगरपालीकामा पठाएको एक महिना वितिसक्दा पनि अझै छलफल समेत सुरु हुन सकेकोे छैन। सामान्य युवा व्यवसायीले दुई छाक टार्ने र परिवारको पेट पाल्न गरेको तरकारी खोसेर खाल्डोमा पुर्ने मेयर गुरुङले नियम बिपरित भएकाले तरकारी खाल्डोमा पुरिएको जवाफ दिदै आएका छन्। 

शुक्लागण्डकी नगरपालिकाको वा राज्यको कुन कानुनमा लकडाउनको नियम पालना नहुँदा सामान खोसेर पुर्ने अधिकार दिएको छ भन्ने प्रश्नमा आफुलाई यसबारे केहि कुरा नगर्न समेत मेयर गुरुङले चेतावनी दिंदै आएका छन्। 

यस अघि: तरकारी पुर्ने मेयर विरुद्द डेढ लाख क्षतिपुर्ति माग गर्दै उजुरी

उक्त उजुरीमा माग भए बमोजिम क्षतिपूर्ति दिनुपर्ने भन्दै नगरपालीकामा उजुरी पठाएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी गराएका छन् । तर आजसम्म शुक्लगण्डकी नगरपालीकाले आलटाल गरेर बसीरहेको छ । न त उसले कारण खुलाएर हुन्न भन्ने जवाफ पठाएको छ न त हुन्छ भन्ने जवाफ नै। आफैंद्वारा सृजित यस्तो घटनाको समेत समयमै सुनुवाई गर्न नसक्ने यस्तो पालिकाले सर्वसाधारणको गुनासो सम्बोधन कसरि गर्ला भन्ने आम जनचाँसोको बिषय बन्न पुगेको छ। 

खास कु्रोत के हो भने जुन नगरपालीकाका मेयरले तरकारी नष्ट गरीदिए त्यही नगरपालीकामा अहिले उक्त उजुरी थन्किएको छ । आफैले तरकारी नष्ट गरीएको उजुरी आफ्नै कार्यलयमा आउदा मेयर गुरुङ सो उजुरि उपर छलफल नगराउने सोचमा रहेको देखिन्छन । 

उक्त उजुरी उपर छलफल गर्ने हो भने मेयर आफै फस्ने देखिन्छन् । त्यसैले मेयरले उक्त उजुरी उपर चासो नदिनु स्वभावीक पनि हो । तर पिडित उक्त उपर सुनुवाईको पर्खाईमा बसी रहेका छन् । मेयरको हाउभाउ, शैलि र बोलिचाली हेर्दा उनी हिटलर हुन् कि जंगबहादुर हुन् झुक्किने अवस्था आउछ । मेयर र जनप्रतिनीधी भनेको जनताको सेवाकालागि खटिने हुन्छन् । तर शुक्ला गण्डकीका मेयर भने त्यसको ठ्यक्कै उल्टो बाटामा हिडेको पाइन्छ । आफ्नो दैनिकी चलाउन तरकारी व्यवसायीको कानुन विपरीतको  आरोप लगाउदै नष्ट गरीदिनु पक्कैपनि जंगबहादुर शैली हो । 

आफ्नो नगरपालीकामा त मेयर गुरुङको दादागीरी छदैछ उनी मिडियासंग पनि कड्किएर कुरा गर्छन् । अर्थात उनको कुरामा नत कानुनी भाव झल्किन्छ नत जनप्रतिनिधीको व्यवहार । 

यसै सन्दर्भमा बिजपाटीले मेयर गुरुङसंग कुरा गर्न खोख्दा उनले ठाडो जवाफ दिए । पहिलो कल उनले रिसिभ गरेनन्। बल्ल तल्ल भएको फोन सम्पर्कमा मेयर गुरुङले 'पिडितले क्षतिपूर्ति पाउँदैनन्' भन्ने जवाफ फर्काएका छन्। 

उजुरीमाथि छलफल नै नभइ क्षतिपूर्ति पाउदैनन भन्नलाई के मेयरको नैतिकताले दिन्छ ? उनी आफैले जे भन्यो त्यही हुने हो र ?, उनको उक्त जवाफ पाएपछि हामिले फेरी उनीसंग पुरक प्रश्न सोध्ने प्रयास गर्दा उनले भनि रहे, ‘क्षतिपूर्ति पाउदैनन, क्षतिपूर्ति पाउदैनन्.....’ यतिभन्दै उनले फोन काटे । 

उता पिडित भने राहत क्षतिपुर्ति कैले पाइन्छ भन्ने आशामा बसेका छन् । उनले उजुरी उपर के हुदैछ भनेर नगरपालिकामा पनि पटक पटक सम्पर्क गर्दा ‘छलफल हुन बाँकि छ’, ‘छलफल भएको छैन’ भन्ने जवाफ बाहेक अरु केहि जवाफ नआएको बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved