सरकारबिरुद्ध आन्दोलन गरेका चिनियाँ नागरिक 'अबैध' कामदार भएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 02:07:23 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ नागरिकहरु पर्यटक भिषामा  नेपाल आएर गैर कानुनी रुपमा काम गइरहेको खुलेको छ । विदेशी नागरिकहरु नेपालमा आउँदा श्रम स्वीकृति लिएर मात्र काम गर्नु पर्ने प्रावधान रहेकोमा अधिकांश चिनियाँ भने पर्यटक भिषामा आएर श्रम स्वीकृति नलिई काम गरिरहेको खुलेको हो ।

यसरी गैर कानुनी रूपमा काम गर्नेहरु भिबो मोबाइल लगायतका नाम चलेकै प्रतिष्ठित कम्पनीहरुमा रहेका छन् । लकडाउनको बेलामा केहि चिनियाँ नागरिकहरुले चीन फर्कन पाउनु पर्ने माग राख्दै प्रदर्शन समेत गरेका थिए । प्रदर्शन गर्नेहरु सबै पर्यटक भिषामा आएको भएपनि धेरैले नेपालमा रहेका विभिन्न कम्पनीमा काम गरिरहेका थिए।

निषेधित क्षेत्र नै तोडेर प्रदर्शन गरेपछि प्रहरीले ४७ जनालाई प्रक्राउ समेत गरेको थियो। भिजिट भिसामा रहेर पनि हाल भिबो लगायतका प्रतिष्ठित कम्पनीमा कार्यरत चिनियाँहरु यिनै पक्राउ पर्ने ४७ मध्येका हुन्। जस मध्ये प्रहरीले ४ जना बिरुद्द दुर्व्यवहार मुद्दा समेत चलाएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रबक्ता सुशील कुमार यादवका अनुसार मुद्दा चलाईएका ४ जनालाई नै १० हजार धरौटीमा रिहा गर्न अदालतबाट आदेश भएको थियो । सबैलाई चिनियाँ दुतावासको जिम्मा लगाईएको उनले बताए । 

प्रहरीले त्यस समय प्रहरी बिरुद्दको दुर्व्यवहार मुद्दा मात्र चलाएको र गैर कानुनी रुपमा नेपालमा काम गरेको भए अध्यागमन विभागले अनुसन्धान गर्ने उनले बताए ।

यो समाचार अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नु होला  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved