भारतीय औषधि कम्पनीलाई नियम बिपरित नेपाल भित्र्याइएको खुलासा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 03, 2020 | 01:10:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा भारतीय औषधि कम्पनीलाई बिना निरीक्षण प्रवेश दिईएको पाईएको छ। भारतको हिमाञ्चल प्रदेशको बड्डिस्थित ओजोन फर्मास्युटिकल्स नामक कम्पनी औषधि व्यवस्था विभागको निरीक्षणका क्रममा अनुत्तीर्ण भएपछि सोही नाम गरेको अर्को प्रदेशको कम्पनीलाई बिना निरीक्षण भित्र्याईएको पाईएको हो ।

बड्डिस्थित ओजन कम्पनी ‘फेल’ भएपछि सोही नाम गरेको आसाम गुहाटीको कम्पनीलाई निरीक्षण बिना नै नविकरण गरेको पाईएको हो । ‘दिल्ली र बड्डिको कम्पनी जिएमपी निरीक्षणमा फेल भएपछि त्यही नाम गरेको आसामको कम्पनीको सबै प्रोडक्ट रिन्यू गरियो’ स्रोतले भन्यो, ‘आर्थिक वर्ष २०७४/०७५ मा यसो गरिएको भएपनि कति अवधिका लागि रिन्यू गरियो भन्ने कुरा गोप्य राखिएको छ ।’ 

‘एकपटक रिन्यु गरिएको हो, विदेशीलाई आजिवन रिन्यु गर्ने चलन पनि छ’ स्रोत भन्छ, ‘स्वदेशी कम्पनीको हकमा भने प्रत्येक २/२ वर्षमा (WHO-GMP Re–new )  गर्नुपर्ने प्रावधान छ ।’ 

के के प्रोडक्ट ल्याउँछ ?

निरीक्षण नै नगरी सबै खालका प्रोडक्ट ल्याउन दिईएको ओजन कम्पनीले भ्याक्सिन बाहेकका सबै औषधि पैठारी गर्दै आएको छ । ओजनले उत्पादन गर्ने ट्याब्लेट, क्याप्सुल र इन्जेक्सन नेपाल आउने गरेको छ । 

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) का महासचिव रामचन्द्र शर्मा भारतीय औषधि कम्पनी ओजोनका नेपालका लागि पैठारीकर्ता भएको स्रोतले दाबी गरेपनि शर्माले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । नेपालको वितरक भएको नाताले केही प्रोडक्ट बिक्रि गरेको भएपनि आफू आधिकारीक आयातकर्ता नभएको उनको भनाई छ । 

स्रोतका अनुसार शर्मा बाहेक ओजोनको आधिकारीक पैठारीकर्ता नेपालगञ्जका व्यवसायी छन् ।

‘२ वर्ष अघिसम्म ओजनका उत्पादन पैठारी भएर नेपाल आएकै छैन’ स्रोतले भन्यो, ‘नेपाली बजारमा कस्तो औषधि बिक्रि हुन दिने नदिने भनेर गुणस्तर जाँच गर्ने मूल नियामक बिभागले नै बिना निरीक्षण नबिकरण  गरिदिँदा कुन गुणस्तरको औषधि नेपालमा आएका होलान ?’


विभाग के भन्छ ?

बिगतमा पहिले नबिकरण गर्ने र पछि निरीक्षण गर्ने अभ्यास भएकाले त्यहिअनुसार ओजोनलाई पनि निरीक्षण नगरी नबिकरण गरिएको बिभागले जनाएको छ । तर अति आवश्यक औषधिको बहाना बनाएर पहिल्यै नै परिक्षणमा फेल भएको बड्डिको कम्पनीको अर्को साइड आसामको उत्पादनलाई नबिकरण गरिएको स्रोतको दाबी छ।

‘ओजोन कम्पनी भारतका सबैजसो राज्यमा छ’ बिभागका एक कर्मचारीले आफ्नो नाम नराख्ने सर्तमा भने, ‘बड्डिको ओजोन फर्मा जिएमपी रिपोर्टमा फेल भएपछि त्यसलाई खारेज गरेर पछि निरीक्षण गर्नेगरि सोहि कम्पनीको अर्को साइड आसामको कम्पनीलाई नविकरण गरिएको हो।’ 

आसामको ओजोन फर्मास्युटिकल्सको निरीक्षण गर्ने काम प्राथमिकतामा परेको भएपनि कोभिड–१९ का कारण तत्काल जान नसकिएको  उनको भनाई छ । 

तर निरीक्षण बिना नै पैठारी गर्न दिएर विभागले नियम विपरित काम गरेको स्रोतको दाबी छ ।

‘प्राथमिकतामा परेको छ भनेर हुन्छ ?’ स्रोतले प्रश्न गर्यो, ‘पहिला निरीक्षण गरेर, जिएमपी रिपोर्टमा पास भएपछि रिन्यु गर्ने की, पहिला रिन्यु गरेर निरीक्षण गर्ने ? भोली निरीक्षण गर्दा यो पनि फेल भयो भने अहिलेसम्मको जिम्मा विभागले लिन्छ की महानिर्देशक नारायण प्रसाद ढकालले लिन्छन् ?’

यसैबीच सिक्किमको सिप्ला कम्पनी पनि जिएमपी निरीक्षणमा फेल भएपनि उसलाई रिन्यु गरेर उत्पादन नेपाल ल्याउन दिईएको पाईएको छ । औषधि व्यवस्था विभागले आफ्नो वेबसाइटमा सिप्ला कम्पनी जिएमपी रिपोर्ट अनुसार फेल भएको भनेर राखेको भएपनि उसलाई गोप्य रुपमा रिन्यु गरिदिएर प्रोडक्ट पैठारीको अनुमति दिईएको स्रोतको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved