तरकारीमा ५ तहका बिचौलिया हुँदा महंगियो नेपालीको भान्सा

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Aug 27, 2020 | 02:33:06 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पाँच तहका बिचौलियाका कारण तरकारीको मूल्य बढेको निष्कर्ष निकालेको छ । विभागका अनुगमन टोलिले बिहीबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका मुख्य मुख्य तरकारी बजारको अनुगमन गर्दा बिचौलियाले तरकारीको मूल्य बठाएको निष्कर्ष निकालेको हो । आज नौकाप, लेले, भक्तपुर, कपन, टोखा लगायतका धेरै तरकारी उत्पादन हुने स्थानमा गरिएको अनुगमनमा किसानबाट तरकारी लिएर संकलन गर्ने व्यापारीले मूल्य बढाएको भेटिएको विभागका अधिकारीहरु बताउँछन् । 

विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्य किसानबाट तरकारी संकलन गर्ने संकलन कर्ताले खुद्रा व्यापारीलाई बढाएर बेच्ने, खुद्रा व्यापारीले गाडीमा तरकारी लिनेलाई बढाउने र गाडीबाट थोक व्यापारीसम्म पुग्दा दोब्बर मूल्य हुने गरेको पाइएको बताउँछन् । 

‘आजको बजार अनुगमनमा किसानबाट थोक बिक्रेतासम्म पुग्दा दोब्बर मूल्य हुने गरेको भेटिएको हो । उत्पादन गर्ने किसान र दुख गरेर बेच्ने थोक बिक्रेताले भन्दा बिचमा दुख नै नगरी पैसा लिने बिचौलियाले गर्दा तरकारीको मूल्य बढेको हो । उनले भने, तीन तहको बिचौलिया रहदै आएकोमा पाँच तहको बिचौलिया हुँदा उपभोक्तालाई बढी भार परेको छ ।’ 

किसानबाट न्यून मूल्यमा खदिर गरेको तरकारी उपभोक्तासम्म पुग्दा दोब्बर बढी हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्तालाई हो, कालिमाटि तरकारी बजारको मूल्य सूचिभन्दा बाहिरको बजार अनुशार मूल्य फरक रहेको पाइएको उनि बताउँछन् । 

उनका अनुसार बजार अनुगमनका क्रममा थोक बिक्रेताको तरकारी बिगारेर फाल्न भन्दा किनेकै मूल्यमा समेत बिक्री गर्ने गरेको पाइयो । ‘काठमाडौँका तीनै जिल्लामा गरिएको निषेधाज्ञाका कारण पसल धेरै समय खोल्न नपाउने भन्दै किनेकै मूल्यमा बिक्री गरेको भेटियो । उनले भने, धेरै नाफा लिदा तरकारी नबिकेर बिग्रनु भन्दा खरिद गरेकै मूल्यमा बिक्री गर्नेहरु धेरै रहेछन् । एउटै बजारमा पनि पसलअुनसार मूल्य फरक रहेछ ।’ 

बिचौलियका कारण दोब्बर मूल्यमा तरकारीको बिक्री वितरण भएतापनि थोक बिक्रेतासँग खरिद एवं बिक्री बिल समेत भेटिएन् । किसानबाट तरकारी संकलन कर्ता, खुद्रा बिक्रेता तथा गाडीमा तरकारी बिक्री गर्नेहरुले बिल समेत दिनेनगरेको थोक व्यापारीहरुले बताएका छन् । 

‘हामीले थोक व्यापारीलाई पसल दर्ता गर्न र अनिवार्य रुपमा बिल राख्न सल्लाह दिएका छौँ, उनले भने, आज मात्र ५० भन्दा बढी तरकारी पसलको अनुगमन गर्दा दर्ता र बिल बिना नै कारोबार भएको भेटियो । पहिलो पटक भएका कारणले हामीले सबै व्यापारीहरुलाई सम्झाउने र बुझाउने काम गरिएको छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved