शंकर ग्रुपका सबै उत्पादनमाथि छानबिन, स्टिलदेखि बीमा कम्पनीसम्म तानिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 11:48:08 AM मा प्रकाशित

laxmi  sunrise bank

भाँचिने रड उत्पादन गरेको शंकर ग्रुपमाथि सम्पत्ति शुद्धिकरण विभागले एकमुष्ट छानबिनको प्रक्रिया अघि बढाएको छ । यो ग्रुपको जगदम्बा स्टिल कम्पनीले उत्पादन गर्दै आएको फलामे रड गुणस्तरहीन भेटिएपछि नापतौल तथा गुणस्तर विभागले उत्पादन इजाजत नै रद्द गरेसँगै सम्पत्ति शुद्धिकरण विभागले पनि शंकर ग्रुप माथि नै छानबिन गर्ने भएको हो ।

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएको बेला ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गदैगर्दा सुलभ अग्रवाल पक्राउ परेपछि शंकर ग्रुपले माहामारीको बेलामा ठगी धन्दा चलाउने गरेको पर्दा उघारिएको थियो । गत चैत्र २५ गते पक्राउ परेका अग्रवाल बैशाख १८ गते २५ लाख धरौटीमा छुटेका थिए । 

यो पनि:  हातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)

किर्गिस्तानका लागि नेपालका अवैतनिक राजदूतसमेत रहेका सुलभ अग्रवाल कालोबजारीमा पक्राउ परेपछि उनको राजदूतको पद खोसिएको थियो ।

अदालतबाट छुट्दा नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई समातेको थियो । तर सरकारले औद्योगिक घरानामाथि ज्यादती नै गरेको भन्दै आलोचना भएपछि लकडाउनपछि छानबिनलाई निरन्तरता दिने भन्दै छोडेको थियो । 

विभागका महानिर्देशक रूपनारायण भट्टराईले एकपछि अर्को बदमाशी देखिएका कारण शंकर ग्रुपमाथि नै छानबिन गर्न लागिएको बताएका छन्। उनले आन्तरिक रुपमा सूचना तथा बदमाशीका प्रमाणहरु संकलन गर्ने काम भईरहेको बताए । यो ग्रुपको लगानी रहेका उद्योगहरुको सूची संकलनको काम जारी रहेको र ती मध्ये कमजोरी रहेका भनिएका उद्योगमा छानबिन गरिने बताईएको छ ।

यो पनि : जगदम्बा स्टिल प्रकरण नसेलाउँदै बाहिरियो अग्रवाल परिवारको अर्को बदमाशी

छानबिनमा परेका कम्पनीहरुः

१) जगदम्बा स्टिल उद्योग प्रा.लि., बारा

२) जगदम्बा सिमेन्ट उद्योग प्रा.लि., बारा

३) मंगला सिमेन्ट उद्योग प्रा.लि., धादिङ

४) जगदम्बा मोटर्स

५) युनियन लाइफ इन्स्योरेन्स कम्पनी

६) रिद्धिसिद्धि सिमेन्ट

७) जगदम्बा वायर

युनियन लाइफ इन्स्यारेन्स कम्पनीले हुँदै नभएको नाफा देखाएपछि बिजपाटीले 'युनियन लाइफको नाफा २२ नभई ८ करोडमात्रै' शिर्षकमा  समाचार लेखेको थियो । समाचार प्रकाशन भएपछि कम्पनीले प्राविधिक त्रुटी भएको भन्दै पछि वासलात (ब्यालेन्स सिट) नै सच्याएको थियो । कम्पनीले ८ करोड नाफालाई २२ करोड भनेर प्रचार गरेको थियो ।

यो पनि:

जगदम्बाका ३ सय टन डण्डी गुणस्तरहीन, उत्पादन इजाजत रद्द

जगदम्बाको फलामे डन्डी सबै परीक्षणमा ‘फेल’

शंकर ग्रुपको जगदम्बा डण्डी बिक्रिमा रोक

-भाँचिने रड बेचेको जगदम्बाले पीडितलाई भन्यो, ‘मिडियामा नजानु'

ग्राहक फकाउन गोप्य सम्झौता

जगदम्बा स्टिलले रड भाँचिएको उजुरी दिएका ग्राहकसंग गरेको गोप्य सम्झौताको प्रमाण फेला परेको छ । कम्पनीका फलामे रड भाँचिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागमा गरिएको गुणस्तर परीक्षणमा १६ एमएमका फलामे छड गुणस्तरहीन पाईएपछि कम्पनीले थप कारबाहीको प्रक्रियामा नजान भन्दै पीडितसँग यस्तो सम्झौता गरेको हो।

कम्पनीले उजुरी दिएका ग्राहकसँग घरको १० बर्षे बीमा र रडको पूर्णकालिन ग्यारेन्टीसहितको सम्झौता गरेको छ । यसबाहेक कम्पनीले रड खरिद गर्दा भएको खर्च वापतको ५ लाख रुपैयाँ नगद पनि फिर्ता दिएको छ। तर उजुरी दिने ग्राहकलाई यसरी मनाउने प्रयास भएपनि गुणस्तरहिन डन्डीको प्रयोग गरेर आफु ठगिएको थाहा नपाएका सबै उपभोक्ताको घरहरुको सुरक्षाको ग्यारेन्टी कसरी हुन्छ भन्ने प्रश्न उपभोक्ताकर्मीले उठाएका छन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved