ओली–प्रचण्ड भागबण्डा नमिल्दा अन्यौलमा ४० हजार विद्यार्थीको भविष्य

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Sep 22, 2020 | 04:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एक वर्षदेखि पोखरा विश्वविद्यालय उपकुलपति र रजिष्ट्रार लगायतका पदाधिकारी विहीन भएको छ । गत वर्षको असोज ६ गते तत्कालीन उपकुलपति चिरञ्जीवि शर्माको चारवर्षे सेवाअवधि सकिएपछि हालसम्म विश्वविद्यालय पदाधिकारी विहीन रहेको हो । 

२०७६ साल मंसिर १६ गते उपकुलपतिको नाम सिफारिस गर्ने समितिको अध्यक्ष समेत रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेले उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेका थिए । विश्वविद्यालय ऐन अुनसार मन्त्री पोखरेलले विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपीशर्मा ओलीलाई तीन जनाको नाम सिफारिस गरेतापनि हालसम्म प्रधानमन्त्रीले नाम छनोट गरेका छैनन् । मन्त्रीले सिफारिस गरेका तीन जनामध्येमा आफू निकटका मानिस नपरेपछि प्रधानमन्त्रीले एक वर्षहुँदा समेत सिफारिस नगरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । 

प्रधानमन्त्री ओलीले आफु निकटका यादव लामिछानेलाई उपकुलपति बनाउन सिफारिस समिसि अर्थात मन्त्री पोखरेललाई दबाब दिएका थिए । तर मन्त्री पोखरेलले प्रधानमन्त्रीले सिफारिस गरेका व्यक्तिको नाम नै नराखि पुर्व माओवादी सुजनबाबु मरट्ठा, देवराज अधिकारी र हिमराज सुवेदीको नाम सिफारिस गरेका थिए । शिक्षामन्त्री पोखरेल आफूनिकट नेकपा नेता नारायणकाजी श्रेष्ठको गृह जिल्ला गोरखाका मरहठ्ठालाई उपकुलपति बनाउने पक्षमा छन्।

प्रधानमन्त्री ओलीले पोखरा विश्वविद्यालयमा उपकुलपति बनाउन चाहेका लामिछानेको नाम संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरिएको छ। संस्कृतमा लामिछाने सहित रमेश ढकाल र भागवत नेपाल पनि सिफारिसमा परेका छन् ।

त्यस्तै कृषि तथा वन विज्ञानमा पुण्य रेग्मी, शारदा थपलिया र श्रवण साहको नाम सिफारिस भएको छ। तर नेकपा अध्यक्ष पुष्पकमल दाहाल रेग्मी र प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओली थपलियालाई उपकुलपति बनाउने पक्षमा छन्।

रजिष्टार, डिन, कार्यकारी निर्देशक र परीक्षा नियन्त्रक नहुँदा ४० हजार विद्यार्थीको भविष्य अन्योल

अध्यक्ष दाहाल आफ्नो निर्वाचन क्षेत्रको विश्वविद्यालयमा आफैंले भनेको व्यक्ति उपकुलपति बनाउन चाहन्छन भने प्रधानमन्त्री ओली आफ्नै खेमाको महिलालाई उपकुलपति बनाउने अडानमा छन्, रेग्मी पूर्वमाओवादी र थपलिया पूर्वएमाले हुन्।

तीन/तीन महिना कामचलाउ उपकुलपति

एक वर्षदेखि उपकुलपति नपाएको पोखरा विश्वविद्यालयले दैनिक हुने कार्यसञ्चालनका लागि विश्वविद्यालय ऐनको प्रावधानअनुसार तीन÷तीन महिना कामचलाउको व्यवस्था गर्दै आएको छ । नियमित हुने काम सञ्चालनका लागि कायममुकायम उपकुलपति राख्दै आएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकाल उपकुलपति नहुँदा तीन÷तीन महिना कायममुकायम राख्दै आईएको बताउँछन् । 

मुख्य पोष्ट नै खाली भएको एक वर्षमा अन्य पदाधिकारीहरु समेत खाली भएको उनि बताउँछन् । उपकुलपति नुहँदा एक वर्षदेखि कार्यकारी परिषद् तथा प्राज्ञिक परिषद्को बैठक नै बस्न सकेको छैन् । 

प्राज्ञिक परिषद्को बैंठक बस्न नसक्दा सम्पूर्ण पठनपाठन ठप्प भएका छन् भने परीक्षा उत्तिर्ण विद्यार्थीले सर्टिफिकेट तथा दिक्षान्त समारोहमा सहभागी हुन पाएका छैनन् । 

अन्य विश्वविद्यालयले अनलाईन मार्फत परीक्षा लिएको र केहीले लिने तयारी गरिरहदा पोखरा विश्वविद्यालयमा अन्योल रहेको छ । नेतृत्त्व अभावले पढाई नहुँदा त्यहा अध्यनरत करीव ४० हजार विद्यार्थीको भविष्य अन्यौल बनेको छ । 

एक वर्षदेखि उपकुलपति विहीन विश्वविद्यालयमा ३ संकायका डिन, ३ कार्यकारी निर्देशक र परीक्षा नियन्त्रकको पद समेत खाली रहेको छ । विद्यार्थी संख्याको आधारमा त्रिभुवन विश्वविद्यालयपछिको सबैभन्दा ठूलो विश्वविद्यालय यही हो । 

पोखरा विश्वविद्यालयका ४ आंगिक, ५८ सम्बन्धनप्राप्त र ४ संयुक्त आंगिक कलेज गरी ६६ कलेजका विद्यार्थीहरुको भविष्य अन्योल बनेको छ । पोखरा विश्वविद्यालको ४ आंगिक क्यापस मध्येमा तीन क्यापससमेत नेतृत्व विहीन बनेको छ । 

यता सिफारिस समितिका संयोजक समेत रहेका शिक्षा मन्त्री पोखरेल पोखरा विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम कुलपति अर्थात प्रधानमन्त्री समक्ष पेश गरिसकेको भन्दै कुलपतिको निर्णय पर्खेर बसेका बिजपाटीलाई बताए। पोखरा विश्वविद्यालयसगैँ नेपाल संस्कृति र कृषि तथा वन विज्ञान विश्वविद्यालय गत असोजदेखि नै पदाधिकारी विहीन छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved