महासंघको निर्वाचनको पूर्ण नतिजा , कुन पदमा कति मतले को विजयी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 09:56:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको करिब सम्पूर्ण परिणाम सार्वजनिक भएको छ। प्यानल नै खडा गरेर भएको निर्वाचनमा मिश्रित परिणाम प्राप्त भएको छ। 

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् भने उनको प्यानलबाट एसोसिएट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्।  त्यस्तै वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधान समुहबाट भने बस्तुगत र जिल्लानगर उपाध्यक्षमा क्रमश अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठ निर्वाचित भएका छन्। 

वरिष्ठ उपाध्यक्षमा ढकाल बिजयी

वरिष्ठ उपाध्यक्षमा बिजयी भएका चन्द्र ढकालले प्रधानलाई ३० प्रतिशत मतभार हुने एशोसियटमा १४७ मतले, २० प्रतिशत मतभार हुने बस्तुगतमा २० मत अन्तरले बिजयी भएका छन् भने ५० प्रतिशत मतभार हुने जिल्लानगर तर्फ भने ढकाल प्रधानसँग १ मतले पराजित भएका छन्। 

ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत, २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत र ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ल्याएर बिजयी भएका हुन्।  ढकालका प्रतिद्वन्दी प्रधानले एशोसियटमा ३७५ मत, बस्तुगतमा ३९ मत र जिल्लानगरमा ५३ मत ल्याए। 

जिल्लानगर तर्फको उपाध्यक्षमा प्रधान समुहबाट दिनेश श्रेष्ठ बिजयी 

महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले आफ्ना निकटम प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई हराएर जिल्ला नगर तर्फको उपाध्यक्षमा जित हासिल गरेका हुन्। श्रेष्ठले ५८ मत ल्याएर उपाध्यक्षमा जित हासिल गरेका हुन् । श्रेष्ठका प्रतिद्वन्द्वी तिवारीले ४७ मत ल्याएका छन्।

जिल्ला नगरको कार्य समिति सदस्यमा प्रधान समुह दुई तिहाईले बिजयी 

No description available.

जिल्लानगर तर्फको केन्द्रिय कार्यसमिति सदस्यमा किशोर प्रधानको प्यानल दुई तिहाईले बिजयी भएको छ। कार्यसमिति सदस्यमा निर्वाचित हुने १८ जनामा  प्रधान समुहबाट १२ र चन्द्र ढकाल समुहबाट ६ जना रहेका छन्। 

बस्तुगत तर्फको अध्यक्षमा प्रधान समुहबाट अन्जन श्रेष्ठ बिजयी

महासंघको बस्तुगत तर्फको उपाध्यक्षमा किशोर प्रधान प्यानलका अन्जन श्रेष्ठ बिजयी भएका छन्। अन्जन श्रेष्ठले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई हराएर बस्तुगत तर्फको उपाध्यक्षमा जित हासिल गरेका हुन्। श्रेष्ठले ६२ मत ल्याएर बिजयी भएका हुन्। श्रेष्ठका निकटम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत ल्याएका छन्।

बस्तुगत तर्फको कार्य समिति सदस्यमा दुवै प्यानलको समान नतिजा 

बस्तुगत तर्फबाट कार्य समिति सदस्यमा ढकाल र प्रधान प्यानलबाट समान ७ ७ जना निर्वाचित भएका छन्। निर्वाचित १४ जना मध्ये आकाश अधिकारी, नरेश लाल श्रेष्ठ, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, सुमित कुमार केडिया र हेमराज ढकाल वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समुहका हुन्। 

त्यस्तै अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिष लाल प्रधान ,मीनमान श्रेष्ठ, विष्णु प्रसाद गैरे,  शिव प्रसाद घिमिरे, सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहका हुन।

एसोसिएट तर्फको उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाई बिजयी 

एसोसिएट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्। संघाई प्रतिद्वन्द्वी सौरभ ज्योतिलाई पारजित गर्दै महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन।

बरिष्ठ उपाध्यक्षमा बिजयी भएका  चन्द्रप्रसाद ढकालको प्यानलबाट चुनाव लडेका संघाईले किशोर प्रधान प्यानलका ज्योतीलाई २१ मतअन्तरले पराजित गरेका हुन्। एसोसिएट तर्फ खसेको कुल ८९० मत मध्ये बिजयी भएका संघाईले ४५५ मत ल्याएका छन् भने पराजित भएका ज्योतिले ४३४ मत ल्याए। एक मत भने बदर भएको छ। 

एसोसिएट तर्फको कार्य समिति सदस्यमा दुवै प्यानलको मिश्रित नतिजा 

एसोसिएट तर्फबाट कार्य समिति सदस्यमा निर्वाचित हुनेहरुमा मिश्रित नतिजा आएको छ। निर्वाचित हुनेहरुमा ढकाल समुहबाट ८ जना रहेका छन् भने बाँकी किशोर प्रधान प्यानलबाट निर्वाचित भएका छन्।  विराट थापा र मंगेशलाल श्रेष्ठले समान ४९७ मत ल्याएका छन्। ती दुई मध्ये गोलाप्रथाबाट बिजयी छान्न बाँकी छ। 

एसोसिएट तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित हुनेहरुमा अविनाश बोहोरा ४७६, आनन्दकुमार अग्रवाल ४९९, कृष्णलाल महर्जन  ४६५, गोपाल खनाल ७५१, ज्योत्सना श्रेष्ठ ७६७, देशबन्धु बस्नेत ४८३, प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य  ७४६, रञ्जितराज आचार्य ४५९, राजशेकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७, शक्तिकुमार बेगानी ५३०, शाहिल अग्रवाल  ७३३, शैलेन्द्र गुरागाई ६६५,  सुशील थापा ४७३, सञ्जय गिरी ५०७, हेमन्त गोल्छा ५०९  रहेका छन्। 

प्रदेशको केन्द्रीय सदस्य पदमा प्रधान समुह हाबी 

प्रदेशतर्फको केन्द्रिय कार्यकारिणी सदस्यमा प्रधान समुहबाट ४ जना प्रधान प्यानल र १ जना ढकाल प्यानलबाट निर्वाचित भएका छन्। निर्वाचित भएकाहरुमा प्रदेश २ का विजयकुमार शाह शाह, गण्डकी प्रदेशका बाबुराम गिरि, प्रदेश ६ का लालिमान बुढा र प्रदेश ७ का पुष्पराज कुमार किशोर प्रधानका समुहका हुन् भने प्रदेश ५ बाट निर्वाचित भएका जम्सेर मियाँ ढकाल समुहका हुन्। प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् । वागमती प्रदेशको मतगणना हुन बाँकी छ ।

प्रदेश २ बाट निर्वाचित भएका शाहले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै पनि मत प्राप्त गर्न सकेनन्।

लुम्बिनीबाट जम्सेर मियाँले १० मत सहित चुनाव जितेका छन्। महासंघमा मुस्लिम समुदायबाट पहिलो पटक केन्द्रिय सदस्य बन्न सफल भएका मियाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी हेमराज बन्जाडेलाई एक मतले पछाडी पारेका हुन्। 

त्यस्तै गण्डकी प्रदेशबाट ९ मत ल्याएर बाबुराम गिरी केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्। गिरीले आफ्ना निकटम प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठलाई ३ मतले पराजित गरेका हुन्। 

प्रदेश ६ बाट लालिमान बुढाले ७ मत ल्याएर जितेका छन्। उनले आफ्ना निकटम्  प्रतिद्वन्द्वी प्रकास अधिकारीलाई ४ मतले पराजित गरेका हुन्।  त्यस्तै सुदुरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायलाई ६ मतले पराजित गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved