नेपाल र युएईबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2018 | 08:04:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच दुवै मुलुकले अधिकतम लाभ प्राप्त गर्न सक्ने गरी श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले बुधबार गरेको शिष्टाचार भेटमा उनीहरुबीच श्रम सम्झौता परिमार्जन गर्न आवश्यक तयारी गर्ने र छिट्टै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको हो । 

भेटमा मन्त्री विष्टले नेपाली कामदार वैदेशिक रोजगारीमा जाँदा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने वातावरण सिर्जना गर्न युएईसँग आग्रह गरेका थिए  । उनले युएईमा कार्यरत नेपाली कामदारको २४ घण्टे बीमा, श्रम करारनामा बमोजिमको न्यूनतम् तलब र अन्य सेवा सुविधाको सुनिश्चित हुनुपर्नेमा समेत जोड दिए  । 

मन्त्री विष्टले निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकको स्वास्थ्य परीक्षण भएकामा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका थिए। मन्त्री विष्टले निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकको स्वास्थ्य परीक्षण भएकामा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्ने बताए । नेपाली कामदारलाई रोजगारीका लागि युएई जाँदा खुशी र गर्वको अनुभूति हुने गरी श्रमिकको सेवा सुविधाका पक्षमा त्यहाँको सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिँदै उनले नेपाल र युएईबीचको सम्बन्धलाई मजबुत तुल्याउन निरन्तर समन्वय र द्विपक्षीय छलफल जारी रहनु आवश्यक भएको दोहो¥याए । 

भेटमा श्रम स्वीकृति नलिई ‘भिजिट भिसा’ लगायतका माध्यमबाट युएई जाने र काममा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नमा समेत दुवै देशका सरकारको संयुक्त प्रयास हुनुपर्नेमा दुई पक्षबीच सहमति जुटेको श्रम मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 


भेटमा राजदूत नाक्बीले भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिसँगै युएई मध्यपूर्वको आर्थिक केन्द्रका रुपमा विकसित हुँदै गएकाले नेपाली कामदारका लागि उपुयक्त श्रम गन्तव्य हुनसक्ने बताए। युएई खाडी क्षेत्रका अन्य मुलुकभन्दा पृथक ढङ्गले अगाडि बढिरहेको उल्लेख गर्दै उनले नेपालबाट दक्ष जनशक्तिको मागसमेत बढ्दै गएको र त्यस्ता जनशक्तिका लागि युएईमा उच्च पारिश्रमिकको अवसर रहेको बताए । 

नेपाल सरकारले व्यक्त गरेका चासोप्रति युएई सरकार सकारात्मक रहेको विश्वास दिलाउँदै राजदूत नाक्बीले नेपाल र युएईबीचको श्रम सम्बन्धलाई उदाहरणीय बनाउन दुवै देशका सरकारको प्रयास रहनुपर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved