मलेसियामा १५ लाख भन्दा बढी कमाउने नेपाली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 09:08:52 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ । तर विभिन्न देशमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । 

तिनैमध्येका एक हुन, सुनसरीको इटहरीका शम क्षेत्री । उनि मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत छन। क्षेत्रीय परामर्शदाताको रुपमा कार्यरत क्षेत्रीले मासिक  १६ लाख रुपैयाँ भन्दा बढी कमाउछन। इज्जतिलो काम र राम्रै कमाइका साथै  होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै भाग्यमानीमध्ये पर्छन क्षेत्री । 

‘इमान र इज्जतसँगै दाम पनि ठीकै छ, महीनामा तलब मात्र १५ लाख रुपैयाँ हुन्छ । यता उता गर्दा १८ देखि माथि पुग्छ,’ उनले तलबको बारेमा बताए। चेन होटल चीन, मलेसिया, सिङ्गापुर, ब्रुरुनाई, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्डमा गरेर ६२ वटा होटल छन् । क्षेत्रीले होटलेको एशिया विभाग हेर्छन। 

शुरुमा चेन होटल सेराटनमा सेवा गर्नुभएका क्षेत्रीले लेजन होटल हुँदै अहिले ग्राण्डमा गएको सात वर्षदेखि काम गरिरहेका छन। ‘होटल राम्रोसँग चलेको छ, नेपाली धेरै आउछन्,’ होटल क्षेत्रको १८ वर्षभन्दा बढीको यात्रामा उनि भन्छन, ‘यहाँ धेरै नेपालीहरूमा पनि राम्रो पदमा ठूलै कमाइ गर्ने साथीहरु हुनुहुन्छ, उहाँहरुसँग मिलेर नेपालमै केही गरौँ की भन्ने सोचाइ पनि छ ।’ 

नेपालमै उच्च शिक्षा लिएका क्षेत्रीले मलेसियामा होटल व्यवस्थापनमा स्नातकोत्तर गरे। क्षेत्रीलाई पहिला पढ्नै पर्ला जस्तो लाग्दैनथ्यो अहिले काम गर्दै जाँदा शिक्षाको महत्व झल्किएको छ । ‘नेपालमा पर्यटनको भविश्य राम्रो छ किन नेपालीले अरुलाई कमाउन दिने हामी आफैँ लगानी गरेर प्रतिफल लिनसक्छौँ, शर्मा भन्छन। 

कमाइसँगै रोजगारी पनि 

मलेसियाको क्वालालम्पुरमा व्यवसाय गर्दै आएका व्यवसायी शङ्करप्रसाद आचार्य नेपाली रेष्टुराँ तथा डान्स् बार सञ्चालन गर्छन। नेपालीसहित भारत, चीन, इण्डोनेशियाका नागरिकले काम गर्छन् ।

व्यवसाय राम्रै चलेको छ, भविष्यमा नेपालमै आएर केही लगानी गर्ने सोच बनाउनुभएका आचार्य अनुकूल वातावरण सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने सुझाउछंन। 

काठमाडौंका विपीन अम्गार्इ मलेसियाको सेलाङगोरमा रेष्टुराँ चलाउछन। शुरुमा चारवटा रेष्टुराँ र एक मिनिमार्केटसमेत चलाएका उनको हिमाल रेष्टुराँमा नेपालीकै घुइँचो हुन्छ ।

यो क्षेत्रमा उहाँजस्तै अन्य सात जनाले व्यवसाय गर्छन् । नेपालीले रेष्टुराँ व्यवसाय गर्दा कम्तीमा एक लाख रिंगिट लगानी गर्नैपर्छ । नेपाली तथा केही विदेशी गरी ३० जनालाई रोजगार दिएका उनको शुरुको जस्तो राम्रो व्यवसाय नचलेको बताए। 

सिन्धुलीको खुर्कोटका देवीबहादुर चौहान तीन वर्षदेखि होटल ग्राण्डमा काम गर्छन। अहिले १३ नेपाली कार्यरत यो होटलमा कम्तीमा १८ सयदेखि २५ सय रिंगिटसम्म कमाइ हुन्छ । काम सजिलै छ ।

काम लगाउने नेपाली नै भएकाले कुनै समस्या छैन । अझै एक दुई वर्ष बस्ने योजना सुनाउँदै चौहान भन्छन ‘समग्रमा यहाँ काम गर्ने सामान्य कर्मचारीले महीनाको एक लाख जति कमाइ गर्छन् ।’ 

क्षेत्रीजस्तै माथिल्लो पदमा काम गर्ने स्ट्याण्डर चाटर्ड बैंकका देशीय प्रमुखमा एक नेपाली छन भने क्वालालम्पुरको टुइन टावरको मुख्य इञ्जिनीयरमा दिनेश पौडेल कार्यरत छन। मलेसियामा प्रतिष्ठित कम्पनीमा माथिल्लो तहका काम गर्ने मात्र हैन यहाँका विभिन्न कम्पनीमा काम गर्ने नेपाली कामदारले पनि राम्रो कमाएर प्रगति गरेका छन् ।

मलेसियाको फम कम्पनीमा पाण्डे अप्रेटरको रुपमा काम गर्छन। कम्पनीमा दुई हजारभन्दा बढी नेपाली र बङ्गालीमध्ये २०० नेपाली नै छन् । यो कम्पनीमा लामो समयसम्म काम गरेकाले महीनामा  दुई लाख रुपैयाँ कमाउँछन् । कम्पनीभित्र केही समस्या छैन पर्याप्त सुविधा छ । बाहिर निस्कँदा भने चोरको खतरा हुन्छ । 

सुनसरी इटहरीका एमडी अमदाज मलेसियाकै जोहरबारुको एक गार्मेन्टमा काम गर्छन। काम राम्रो चलेका बेला महीनामा २५ सय देखि २९ सय रिंगिटसम्म कमाइ हुन्छ ।

कम्तीमा पनि दुई हजार हुन्छ । कम्पनीभित्र कुनै समस्या छैन । झण्डै १८ सय कामदार रहेको यो कम्पनीमा नेपाली मात्रै एक हजारको हाराहारीमा छन् । नेपाली धेरै भएकाले काममा पनि रमाइलो हुने अमदाजको भनाइ छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved