मलेशियासँग ऐतिहासिक श्रम सम्झौता, नेपाली कामदारलाई हुनेछन यी फाइदा (पूर्णपाठ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 12:42:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र मलेशियाबीच ऐतिहासिक श्रम सम्झौतामा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेशियाका तर्फबाट मानव संशाधन  मन्त्री कुला शेघरानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन।

सम्झौता अनुसार अब नेपाली श्रमिक शुन्य लागतमा मलेशिया जान पाउने छन् । श्रमिकको सेवा शुल्क, भीसा फी, टीकट, मेडिकल जांच रोजगार दाताले नै बेहोर्ने भएको छ । त्यस्तै कामदारले तिर्दै आएको लेभी पनि नलाग्ने भएको छ । 

सम्झौता अनुसार मलेशियामा कार्यरत रहंदा आफ्नो परिवारको कोहि सदस्यको मृत्यु भएमा श्रमिक १५ दिनको लागि नेपाल आउँ पाउने ब्यबस्था समेत गरिएको छ । एक पटकमा श्रमिकसंग २ बर्षको लागि सम्झौता गरिने र त्यसपछि श्रमिकले आफ्नो चाहना अनुसार मलेशियामा मै काम गर्न पाउने छ । 

आज भएको सम्झौतालाई दुवै देशको प्राविधिक टिमले १५ दिनमा टुंगो लगाउने समझदारी पत्रमा उल्लेख छ ।

हेर्नुस सम्झौताको पूर्ण पाठ : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved