बैदेशिक रोजगारीमा जाने सेवाग्राहीहरुको अत्यधिक चापलाई मध्यनजर गरि श्रम स्वीकृतिका लागि शनिबार बिदाको दिन पनि कार्यालय खुला हुने भएको छ। सेवाग्राहीको चाप अत्याधिक रहेकाले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको बिभागले जनाएको छ।
बैदेशिक रोजगार कार्यालय शाखा अधिकृत गणेश प्रसाद श्रेष्ठका अनुसार शनिबार दिउँसो १० देखि दिउँसो ३ बजेसम्म काठमाडौंको ताहचलमा रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति प्रदान हुनेछ। कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।