नेपाली कामदारलाई आगामी जनवरीदेखि मलेसियामा थप सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2018 | 10:34:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा कार्यरत नेपाली कामदारहरुले आगामी जनवरीदेखि थप सुविधा पाउने भएका छन। मलेसिया सरकारले आप्रवासी कामदारलाई पनि  सोसल सेक्यूरीटी अर्गनाइजेसन (सोस्को) अन्तरगतको सुविधा दिने व्यवस्था लागू गर्नेभएसंगै नेपाली कामदारहरुले समेत थप सुविधा पाउने निश्चित भएको हो। 

द स्टारको रिपोर्टमा मलेसियाका लागि एसएमइ संघका अध्यक्ष दतुक माइकल कंगले आप्रवासी कामदारको कल्याणको लागि सेवासुविधा थप सहज बनाउने उल्लेख 

मलेसियाका कामदारलाई झैँ आप्रवासीलाई पनि सोसल सेक्यूरीटी अर्गनाइजेसन (सोस्को) अन्तर्गतको सुविधा दिने निर्णय लागू भए पश्चात स्वास्थ्य परिक्षणकै लागि छुट्टै एजेन्टको आव्स्यकता नरहने र यसले आप्रवासी कामदार छनौट प्रक्रिया पारदर्शि बन्ने एसएमइ संघका अध्यक्ष कंगको भनाई छ। 

मलेसियाका लागि मानव संशाधन मन्त्री एम कुलासेगरनले आप्रवासी कामदारलाई पनि जनवरी २०१९ को सुरुवातदेखि नै मलेसियाका स्थानीय कामदारलाई झैँ सामाजिक सुरक्षा संरक्षणमा समावेश गरिने घोषणा गरेका थिए।  

अहिले स्वास्थ्य जांचको काम बैदेशिक कामदार स्वास्थ्य जांच निरीक्षण संस्था {Foreign Workers Medical Examination Monitoring Agency} Fomema ले गर्दै आएको छ। उसले प्रति कामदार मलेसियन १८० रिंगेट करिब ५००० नेपाली रुपैयाँ लिने गर्थ्यो।  

अध्यक्ष कंगले सोस्को प्रकृयाले आप्रवासी कामदारका लागि ओन स्टप सेन्टरले झैँ कार्य गर्न अनुमति दिने बताए। यद्दपी मन्त्री कुलासेगरनले अहिले उक्त प्रक्रिया स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेपनि अध्यक्ष कंगको सुझाबलाई सम्बोधन गर्ने प्रयास गरिने बताए। उनले सोस्कोले आप्रवासी कामदारको सामाजिक सुरक्षा संरक्षणलाई विस्थापन गरि स्थानीय र आप्रवासी कामदारलाई एकै थलोमा ल्याउने र एकै व्यवहार हुने बताए।     

'सोस्कोको कार्यन्वयनपछि स्थानीय र आप्रवासी कामदारबीच कुनै भेदभाब हुनेछैन, यसले अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओ को कन्भेन्शन १२५ मापदण्डलाई पुरा गर्नेछ' संशाधन मन्त्री एम कुलासेगरनले बताए।   

यो अन्तर्राष्ट्रिय प्रावधान पूरा गरेसंगै मलेसियाबाट  दुर्घटनामा परेर मृत्यु भएका कामदारको कामदारको देश फिर्ता गराउँदा वा घाइते अंगभंग वा पुर्नस्थापना भएर फर्काउनु परेमा सोस्कोले प्रतिकामदार ६ हजार ५ सय रिंगिट उपलब्ध गराउने भएको छ ।

यो सुविधा मलेसियामा ओभरस्टे भई बसेका बिदेशी कामदारहरुले भने पाउने छैनन। यद्दपी मलेसियाको यो नीतिले त्यहँ अवैधानिक रुपमा बसेका नेपाली सहित बिदेशी कामदारलाई बैधानिक हुन लोभ्याउने अपेक्षा गरिएको छ।

नेपालका लागि मलेसिया आकर्षक गन्तब्य मुलुकमा पर्छ। तर स्वास्थ्य जाँच परिक्षण लगायतका प्रकृयाले मलेसिया जाने कामदार लुटिएको भन्दै श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले मलेसिया जाने प्रकृयालाई थप सहज र सरल र निशुल्क बनाउने निर्णय लिएसंगै पछिल्लो छ महिनादेखि कामदार पठाउन रोक्का गरिएको अवस्था छ।   


केहि साताअघि मात्रै नेपाल र मलेसियाबीच निशुल्क कामदार पठाउने लगायतका कयौं बिषयमा सम्झौता भएका छन। दुवै देशबीच सम्झौताका केहि बुँदाहरुमा स्पष्टता भएसंगै केहि समयमै नेपाली कामदार पनि मलेसिया जान पाउने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved