अनलाइन टोकन प्रणालीपछि श्रम कार्यालय झन भद्रगोल, सेवाग्राहीलाई फ्लाइट छुट्ने डर (भिडियोसहित)

भावना लामा

भावना लामा

Dec 04, 2018 | 02:14:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगारीमा जानलाई श्रम स्वीकृति लिन सहज होस् भनेर सुरु गरिएको अनलाइन टोकन सेवाले झन् धेरै समस्या उत्पन्न भएको छ ।  बैदेशिक रोजगारीमा जाने कामदारलाई बैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइनबाट टोकन सेवा सुरु गरेको थियो । तर अनलाइन सेवाले झन् समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । 

अनलाइनप्रणालीबाट टोकन लिंदा श्रम स्वीकृतिको लागि ७ दिनपछिको मिति पाइने सेवाग्राहीले बताएका छन् । यसबाट सोहि दिन उडान भएका सेवाग्राही श्रम स्वीकृति लिन बाट नै बन्चित भएका छन् ।  बिजपाटी डटकम स्थलगत रिपोर्टिंङको क्रममा ताहाचल कार्यालय पुग्दा आज बेलुका ५ बजे उडान तय भएका सेवाग्राही बाहिर नै भेटिए ।  उनीहरुलाई भित्र जान दिईएको छैन ।  अनलाइन नहुँदा लाइन बसेर सोहि दिन हुने काम अहिले टोकन प्रणालीबाट हुँदा २ दिन ढिलो हुने र आफ्नो टिकट नै रद्द गर्नु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । 

टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिने बिभागले जनाएको थियो  । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको थियो। तर यसबाट सेवा ग्राही भने मारमा परेका हुन् ।  

टोकन प्रणाली आएपछि लाइन बस्नु नपर्ने भनिए सेवाग्राही अझै लाइन बस्न बाध्य छन् । हेर्नुस कार्यालयमा मंगलबार देखिएको अव्यवस्थित भिडको दृश्य।   




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved