जापानमा रोजगारी खुलेको समाचार झुटो, कारबाही गर्ने विभागको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 06:18:00 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले जापानमा रोजगारी खुलेको भनि गरिएको भ्रामक विज्ञापनप्रति आपत्ति जनाएको छ । 

विगत केहि समय अघिदेखि केहि छापा, व्यक्ति, कम्पनि तथा वैदेशिक रोजजगार संचालनको लागी ईजाजत प्राप्त संस्थाहरुले समेत जापानमा रोजगारको लागी श्रम अनुमति खुलेको भनि विज्ञापन  गरेका थिए । 

नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदार पठाउने विषयमा हालसम्म सरकारले कुनै पनि निर्णय नगरिएको हुदा यस्ता भ्रामक विज्ञापन नगर्न विभागले सूचना जारी गरेको छ । विभागको सूचनालाई वेवास्ता गरी यस्ता गैरकानुनी क्रियाकलाप गरेको पाईएमा वैदेशिक रोजगार ऐन/नियम अनुसार तत्काल कारवाही गरिने विभागले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved