अन्तराष्ट्रिय मुस्लिम समाज साउदी अरबको स्थापना, बिश्वभरका नेपालीलाई जोड्ने लक्ष्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 06, 2019 | 09:59:01 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका बिभिन्न क्षेत्रहरुमा छरिएर रहेका नेपाली मुस्लिमहरुको सामाजिक संस्था 'अन्तर्राष्ट्रिय मुस्लिम समाज' साउदी अरबमा पनि स्थापना भएको छ। स्वदेश तथा विदेशका श्रमिक नेपालीहरुको समस्या समाधान र नेपालको समृद्धिका लागि एकबद्द हुने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय मुस्लिम समाजले साउदीमा पनि आफ्नो संजाल बिस्तार गरेको हो। 

व्यवसायी तथा समाजसेवी राजु सैयदको सभापतित्वमा भएको कार्यक्रममा २५ सदस्स्यीय 'अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदी अरब' को स्थापना भएको हो। मोहम्मद जैनुल अब्दिन को अध्यक्षतामा २५ सदस्यीय समितिको गठन गर्दै 'अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदी अरब' को स्थापना भएको महासचिबमा निर्वाचित रमजान दिन मियाँले जानकारी दिए। 

राजु सैय्यदको संरक्षकत्व गठित २५ सदस्यीय समितीमा अध्यक्षमा  मोहम्मद जैनुल अब्दिन, वरिष्ठ उपाध्यक्षमा चाँद मोहम्मद, उपाध्यक्षहरुमा मुस्ताक मदनी , इब्राहिम शर्मा, (जेद्दा, मदिना बाट पछि थपिने छ ) महासचिबमा रम्जान दिन मियाँ,सचिबमा रफि मियाँ, कोषाध्यक्षमा इख्लाक , सह -कोषाध्यक्षमा नुरुल जमा अन्सारी, युवा संयोजकमा एह्सानुल्लाह मियाँ,प्रबक्तामा सलमान जिरेल, सदस्यहरूमा  इब्राहिम मियाँ, मोहम्मद अब्दुल, फिरोज , इसा राइन,सहिद दिन मियाँ, अयुब खान, फिरोज राइन, हरु निर्वाचित भएका छन भने र बाकिँ सदस्यहरु बाकी क्षेत्रहरू मक्का,मदिना, तबुक,र हाइलबाट पुर्ण गरिने छ।  

यसका साथै सल्लाहकार परिषदमा यस संस्थाको प्रमुख सल्लाहकारमा अन्तर्राष्ट्रिय महिला अधिकार अभियान्ता यास्मिन बेगम , वरिष्ठ सल्लाहकारमा सेख जमिर अब्बास मदनी,अमानुल्लाह मन्सुर, अब्रार अहमद,  सेख जुबेर, मोहम्मद अब्बास, नेक मोहम्मद, सेख मुजिबुर रहमान, सेख सनउल्लाह, इस्माइल राना मगर, अहमद भन्डारी, सेख सलिम, मनोनीत भएका छन। 

संस्थाको स्थापनाले साउदीमा रहेका नेपालीहरुको समस्याको समाधान गर्न र नेपालको विकासमा तथा आफ्ना हक अधिकारलाई सुरक्षित गर्न मद्दत पुग्ने नवनिर्वाचित अध्यक्ष जैनुल अब्दीनले बताए। साउदीसंगै निकट भविष्यमै युरोप, एसिया हुँदै बिश्वभर यो संस्थाको बिस्तार गर्ने लक्ष्य रहेको बताइएको छ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved