इमरल्ड कन्सलटेन्सीमा ठगीको अनौठो घटना: अष्ट्रेलियामा रोजगारीको सपनाले गुम्यो पैसा र इज्जत..

भावना लामा

भावना लामा

Jan 09, 2019 | 12:07:07 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलिया भन्नेवित्तीकै नेपालीको लागि बैदेशिक अध्ययनको लागि पहिलो गन्तब्य मुलुकमा रुपमा लिइन्छ। तर बैदेशिक अध्ययनको लागि लाइसेन्स लिएका केहि कन्सल्टेन्सीले 'म्यानपावर' को काम गर्न थालेपछि पछिल्लो समय बैदेशिक अध्ययन बिबादित बन्दै गएको छ।

यस्तैक्रममा काठमाडौंको एक कन्सल्टेन्सीले रोजगारीको लागि अष्ट्रेलिया पठाउछु भन्दै एक युवाबाट १७ लाख असुल गरेको पाइएको छ। काठमाडौंको इमरल्ड ईन्टरनेशनल कन्सलटेन्सी (लाईसेन्स नम्बर २४९) ले रोजगारीको लागि अष्ट्रेलिया पठाईदिने भनेकाले आफुले १७ लाख बुझाएको बिमल श्रेष्ठले बिजपाटी डटकमलाई बताए।

अष्ट्रेलिया जान नपाएपछि १७ लाख फिर्ता माग्दा कन्सल्टेन्सी संचालक सबिन गुरुङले आफु बिरुद झुटो मुद्दा दायर गरेर उल्टै फसाएको श्रेष्ठले बताए। 'रोजगारीको लागि अष्ट्रेलिया पठाउछु भन्यो, बिश्वास गरेर पटक पटक गरि १७ लाख बुझाए, काम नभएपछि पैसा फिर्ता माग्दा कन्सल्टेन्सी संचालक गुरुङले उल्टै म बिरुद्द अदालतमा मुद्दा हालेर दुख दिएको छ' श्रेष्ठले भने। 

घटनाक्रम सुनाउदै श्रेष्ठ भन्छन, अष्ट्रेलियामा रोजगारीको अंग्रेजी भाषा परिक्षा (आइएलटिएस) को आवश्यकता पर्दैन भनेर कन्सल्टेन्सीका संचालक गुरुङलेले १७ लाख मागे। म अष्ट्रेलिया पुगेपछि मात्रै खाताको पैसा चलाउने सर्तमा सिटिजन बैंकमा संयुक्त खाता खोलेर उक्त पैसा जम्मा गरे। तर बिभिन्न बहाना बनाएर गुरुङले खाताको १७ लाख चलाए तर म अष्ट्रेलिया जान पाइन। 

उनि अगाडी भन्छन, अष्ट्रेलिया नपठाउने भए पैसा फिर्ता गर्देउ भन्न पटक पटक सम्पर्क गर्न खोजे, कहिल्यै फोन उठेन। फोन नउठेपछि २०७४ साल चैत २१ मा बैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखा, बुद्धनगरमा उजुरी दिए। त्यहि उजुरीको आधारमा उजुरी तथा अनुसन्धान शाखाले सञ्चालक गुरुङलाई ७ दिनभित्र उपस्थित हुन पत्र काटेता पनि उनी उपस्थित भएनन। 

घटनाको बेलीबिस्तार लगाउदै श्रेष्ठले भने, शाखाले पुन २४ घण्टभित्र उपस्थित नभए धरौटि रकमबाट क्षतिपूर्ति दिने व्यहोरा सहितको पत्र काटेपछि गुरुङ बल्ल उपस्थित भए। गुरुङले पैसा लिएको स्वीकार गरेपछि शाखा र गुरुङबीच ४३ दिनसम्म छलफल चल्यो। अन्तमा उजुरी फिर्ता लिने सर्तमा गुरुङ ३ महिनापछिको म्यादमा चेक दिन तयार भए। र मैले चेक लिन नमानेपछि विवाद टुंगोमा लागेन। 

तीन महिनापछिको म्यादमा चेक लिन नमानेपछि घटनाले अर्कै मोड लियो। संचालक गुरुङले जिल्ला अदालतमा २०७५ जेठ ३१ मा उल्टै श्रेष्ठ बिरुद्द मुद्दा दायर गरे। कन्सल्टेन्सीमा नै लेखापाल (एकाउन्टेन्ट) को काम गर्ने व्यक्ति भएको र बैंक खाता हिनामिना गरेको आरोप लगाएर गुरुङले श्रेष्ठ बिरुद्द अदालतमा मुद्दा दायर गरे। 

आफुहरु दुवै जना कन्सल्टेन्सी संचालक भएको देखाउदै गुरुङले उल्टै श्रेष्ठलाई बैंक खाता दुरुपयोग गरेको आरोप लगाएर अदालतमा मुद्दा दायर गरे। तर बिमल श्रेष्ठले आफुलाई संचालक बनाएर फसाइएको भन्दै बिजपाटीसमक्ष गुनासो पोखेका छन। 

यससम्बन्धमा कुराकानी गर्दा संचालक गुरुङले श्रेष्ठ र आफु मिलेर ३ बर्षदेखि साझेदारीमा कन्सल्टेन्सी संचालन गरेको बताए। २-४ लाखको लेनदेनमा कुरा नमिलेपछि श्रेष्ठले आफु बिरुद्द झुटो आरोप लगाएको गुरुङको दाबि छ। 'यसभन्दाअघि पनि श्रेष्ठले अरु कन्सल्टेन्सीसंग यस्तै आरोप लगाएका थिए, अहिले मेरो बेइजत गर्न लागि परेका छन, श्रेष्ठ पार्टनर हुन भन्ने प्रमाण मसंग छ' गुरुङले बताए। अहीले उक्त मुद्दाको तारेख चलिरहेको छ।    


    




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved