बैदेशिक रोजगारीमा रहेकालाई पनि सञ्चयकोष तथा सामाजिक सुरक्षा, बर्षमा कति तिर्नुपर्छ ?

भावना लामा

भावना लामा

Jan 29, 2019 | 08:53:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रवासी नेपालीलाइ पनि संचयकोष तथा सामाजिक सुरक्षा योजनामा समावेश गर्ने प्रकृया अघि बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित कार्यदलले प्रवासी नेपालीलाई समेत यस योजनाको दायरामा ल्याउन सुझाब दिएको हो। 

श्रम मन्त्रालयका सचिब महेश दाहालको नेतृत्त्वमा गठित कार्यदलले आज (माघ १५) एक कार्यक्रमका बीच श्रम मन्त्री गोकर्ण बिष्टलाई विदेशमा रहेका नेपाली कामदार, व्यवसायी र गैरआवासीय नेपालीलाई यस योजनामा समेट्ने सुझाब सहितको प्रतिबेदन बुझाएको हो। 

प्रतिबेदनमा पहिलो चरणमा श्रम स्वीकृति लिई सरकारले खुल्ला गरेका देशमा वैदेशिक रोजगारीमा गएका, दोस्रो चरणमा विदेशमा व्यापार गर्ने नेपाली र तेस्रो चरणमा गैर आवासीय नेपालीलाई समेट्न सकिने सुझाब उल्लेख छ।  

विदेश जानेको हकमा श्रम स्वीकृति प्रदान गर्दा र गइसकेकाहरुको हकमा नवीकरण गर्दा योजनामा समावेश गर्नुपर्ने प्रस्तावित सुझाबमा उल्लेख छ। कार्यदलले बैदेशिक रोजगारीमा जाने र गएकालाई मात्र नभई विदेशमा भएका सबै नेपालीलाई क्रमश: अनिवार्य रुपमा यस योजनामा समावेश गर्नुपर्ने सुझाब दिएको छ। 

प्रस्तावित सुझाब लागू भएपश्चात वैदेशिक रोजगारी सञ्चय कोष तथा सामाजिक सुरक्षा कोष योजना सञ्चालन गर्ने जिम्मा सञ्चय कोष कर्मचारी पाउनेछ र कोषले सामाजिक सुरक्षा कोषसँग समन्वय र सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्नेछ। 

२०७६ साउन १ देखि लागू 

आगामी १ साउन २०७६ बाट मोडल योजनाको रुपमा बढी नेपाली रहेको कुनै एक मुलुकबाट लागू गर्न कार्यदलले सुझाब दिएको छ। बैदेशिक रोजगारीमा गएकाले बर्षमा न्युनतम २४ हजारदेखि अधिकतम ३ लाख तिरेर योजनामा सहभागी हुन सक्नेछन। विदेशमा रहेकाहरुले तिर्ने उक्त रकम हाल नेपालमा रेमिट्यान्स भित्र्याउने बैंक वित्तीय संस्थासंग मिलेर कमर्चारी संचय कोषले योजना बापतको रकम संकलन गर्नेछ। 

कार्यदलले बुझाएको प्रतिबेदनमा उक्त रकम विदेशमा रहेका कामदार आफैले नभई सम्बन्धित रोजगारदाता कम्पनीले योजनाबापतको रकम तिर्नुपर्ने उल्लेख छ। योगदानको रकम सम्बधित रोजगारदाताले जम्मा गरिदिनुपर्ने व्यवस्था गर्ने र सरकारीस्तरमा वार्ता गरी श्रम सम्झौतामा नै सञ्चय कोष र सामाजिक सुरक्षा योजना समावेश गर्ने पनि कार्यदलको सुझाब छ।

नेपाली कामदारलाई योजनामा आकर्षित गर्न उसको परिवारका सदस्यलाई समेत योजनामा समावेश गर्नुपर्ने सुझाबमा उल्लेख छ। रकम जम्मा गर्ने नेपाली कामदारको परिवारको एक सदस्यको स्वास्थ्य वा दुर्घटना बीमा गर्न सुझाव दिइएको छ । कोषमा रकम जम्मा गर्ने नेपालीले ऋण समेत लिन पाउने व्यवस्था गरिएको छ । 

कोषमा जम्मा भएको रकम योगदानकर्ता ६० वर्ष पुगेपछि वा शारीरिक तथा मानसिक रुपमा अशक्त भएमा वा बैदेशिक रोजगारीबाट फर्किएपछि वा नियमित तीन वर्षसम्म योगदान नगरेमा वा योजना खारेज भएमा वा योगदान कर्ताको मृत्यु भएमा एकमुष्ट पाउने व्यवस्था गर्न सुझाव दिईएको छ । तर कामदारले चाहेमा योजनाको रकम निवृत्तिभरण योजनामा रुपान्तरण  गर्न सक्ने कार्यदलको सुझाब । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved