बैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपिओमा ५ प्रतिशत आरक्षण !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2019 | 03:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कम्पनीहरुले निष्काशन गर्ने प्राथमिक शेयर (आईपिओ)मा आरक्षण दिन माग गरिएको छ । औपचारिक रुपमा रेमिटेन्स भित्र्याई त्यसलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने बिषयमा सुझाव पेश गर्न गठित कार्यदलले सरकारलाई यस्तो सुझाव दिएको हो ।

श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयका सचिव महेश प्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले आज मन्त्री गोकर्ण बिष्टलाई प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदनमा बैदेशिक रोजगारीमा रहेका नेपाली वा तिनका परिवारले आवेदन गर्न पाउने गरी आईपिओमा ५ प्रतिशत आरक्षण गर्न उपयुक्त हुने सुझाव दिएको हो । त्यस्तै सर्वेक्षण अध्ययन भईसकेका परियोजनाहरुको परियोजना बैंक बनाउने र त्यसको लागि लगानी जुटाउन विप्रेषणकर्ताले स्वेच्छाले शेयर लगानी गर्न पाउने ब्यबस्था गर्न पनि सुझाव दिइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved