बैदेशिक रोजगारीले पनि उकासेन सिराहबासिको जिबनस्तर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 06:48:12 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका युवा पिडि पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षित भएका छन् ।  जिल्लाका अधिकांश युवा बैदेशिक रोजगारमा गएपनि तिनको जीवनशैलीमा भने कुनै परिर्वतन आउन सकेको छैन । 

थोरै जग्गामा कृषि पेसा गरेर जीविका नधानिने भएपछि केही वर्षयता जिल्लाका युवाहरु  वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने क्रममा तीव्रता आएको छ । कृषि व्यवसायबाट ६ महीनामात्र खान पुग्ने भएकाले यहाँका पासवान समुदायका विपन्न व्यक्तिले अधिया र मजदुरी गरेर वर्षभरिका अन्न र कपडाको जोहो गर्दै आएका थिए । वैदेशिक रोजगारीबाट आफ्नो आर्थिक अवस्था सुदृढ हुने आशामा बैंकमा जग्गा धितो राखेर वा दृष्टिबन्धकी गरेर रकमको व्यवस्था मिलाउँदै वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य छ । ऋण गरेर वैदेशिक रोजगारीमा जाने युवकहरुले कमाएर ल्याउने रकमबाट घर खर्च चलाउन र ऋण तिर्नमै ठीक्क हुने भएकाले उनीहरूले आफ्नो आर्थिक अवस्थामा खासै परिवर्तनको आभास पाउन सकेका छैनन् । वैदेशिक रोजगार कम्पनीले परिचालन गरेका दलालको प्रलोभनमा परी अधिकांश युवाहरु विदेशिने गरेका छन् । 

आकर्षक पारिश्रमिक पाइने दलालको आश्वासनमा यहाका युवाहरुले खाडी मुलुक जनाका लागि दलाल लाई १ लाखदेखि एक लाख बिस हजारसम्म तिर्दै आएको छ  । जबकि सरकारले फ्री भिसा फ्री टिकट को मापदण्ड अगाडी सारेको ३ वर्ष पुगनपुग भैसक्यो । वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सावधानी र जानकारीका अभावमा युवाहरु बढी शुल्क बुझाउन बाध्य रहेको कुशाहा निवासी सत्य नारायण चौधरी बताउछन् । आफु कुन देश जाँदैछु भन्नेसम्म धेरै युवाहरुलाई जानकारी नहुने गरेकाले दलालले एक कामका लागि भनिएकामा अर्कै काममा पठाउने गरेका र सजिलो काम भनेर धेरै युवकलाई बढी श्रम गर्नुपर्ने जोखिमयुक्त क्षेत्रमा पठाएको लहान निवासी दिनेस देब बताउछन् ।

युवा वर्ग वैदेशिक रोजगारीमा लागेपछि कृषिक्षेत्रमा दक्ष जनशक्तिको अभाव हुन थालेकोपछी कृषिको उत्पादकत्वमा समेत ह्रास आउन थालेको  राजनीतिकर्मी सत्यनारायण यादव बताउछन् । युवाको वैदेशिक रोजगारमा आकर्षण बढ्नामा कृषिको आधुनिकीकरण नहुनु र परिवारको खर्च धान्न नसक्नु नै प्रमुख कारक भएको उनको भनाई छ  । 

वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरुले मासिक १५ देखि बढीमा २५ हजारसम्म कमाउने गरेका छन् । विदेशको कमाइबाट उनीहरूका परिवारको अवस्थामा खासै परिवर्तन नआए तापनि वर्षभरिका लागि खाना र छोराछोरीलाई निजी विद्यालयमा पढाउन भने सघाउ पुगेको बताइन्छ । 

ऋण लिएर दुई छोरालाई वैदेशिक रोजगारमा पठाएका छेवल मण्डलका अनुसार पूरै परिवारका लागि वर्षभरि खेती गरेर खान पुग्ने अवस्था छैन, बेरोजगार भएर बस्नुभन्दा विदेशबाट पैसा कमाएर ल्याएपछि परिवारको अवस्था सुदृढ हुन्छ कि भनेर छोरालाई विदेश पठाएको बताउछन । 

छोराहरूले विदेश गएको पाँच महीनामै ८० हजार पठाएका छन् । वैदेशिक रोजगारमा गएका परिवारको अवस्थामा खासै परिवर्तन नआएको बताउँदै मण्डलले भने उनीहरूले पठाएको रकम उत्पादनशील क्षेत्रको सट्टा घरजग्गा किन्नमै बढी खर्च भएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved