वैदेशिक रोजगारीमा समस्या परे तत्काल ‘मोबाइल एप’ मार्फत सहयोग लिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 08:37:16 AM मा प्रकाशित

laxmi  sunrise bank

कन्सुलर सेवा विभागको ‘नेपाल कन्सुलर मोबाइल एप’ मार्फत अब सेवाग्राहीले सेवा पाउने भएका छन् । भौगोलिक कठिनाइ र अन्य समस्यालाई ध्यानमा राख्दै विभागले मोबाइल एप सञ्चालनमा ल्याएको हो । एपको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीमा समस्या देखिएको बेला पीडित र रोजगारीमा गएकाको परिवारलाई प्रभावकारी सेवा दिन एप्सको निर्माण गर्नु उदाहरणीय काम भएको बताए ।

सरकारले स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न प्रयत्न गरेको भन्दै भन्नेबित्तिकै कुनै पनि कुरामा परिवर्तन नहुने उनको भनाइ थियो । आन्तरिक स्रोत र साधनको परिचालन गरी सरकारले देशलाई समृद्धिको बाटोतर्फ दोहो¥याइरहेको मन्त्री ज्ञवालीले बताए । 

अहिले सरकारी सेवामा पनि डिजिटल प्रविधि भित्रिएर सेवा बिस्तार हुँदै जाँदा नेपालले नयाँ फड्को मारिरहेको परराष्ट्र सचिव शङ्करदास बैरागीले बताए । विभागको डिजिटल सेवाबाट जनताले सहज सेवा पाउन सक्ने उनको भनाइ थियो । दुर्गम क्षेत्रका जनतालाई काठमाडौँसम्म धाउनुपर्ने बाध्यताबाट मुक्ति दिन विभागले नयाँ एप्सलाई सञ्चालनमा ल्याएको विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले बताए । वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीको निवेदन समेत उनीहरुका परिवारले तत्काल विभागमा जानकारी गराउन सक्ने उनले बताए । 

नयाँ एप्समार्फत वैदेशिक रोजगारीमा गएर समस्यामा परेका कामदारले तत्काल त्यसबारे जानकारी विभागमा गराउन सक्नेछन् भने उक्त एप्स एन्ड्रोयड मोबाइलमार्फत विभागको नेपाल कन्सुलरको पेजमा गएर डाउनलोड गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved