एनआरएन 'युएई'का अध्यक्ष रमेश श्रेष्ठ दुबईको जेलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 11:53:37 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ युएई (एनआरएनए) का अध्यक्ष रमेश श्रेष्ठ पक्राउ परेका छन। शुक्रबार बिहान ५ बजे अध्यक्ष श्रेष्ठलाई 'ड्रिङ एण्ड ड्राइभ'को केशमा दुबई प्रहरीले पक्राउ गरेको हो।   

श्रेष्ठसंगै गाडीमा एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट र अर्का केन्द्रीय उपाध्यक्ष कुल आचार्य सवार थिए । भट्ट र आचार्यलाई भने दुबई प्रहरीले साधारण सोधपुछ पछि छाडेको बताइएको छ। श्रेष्ठ पक्राउ परेपछि भट्ट र आचार्य ट्याक्सी मार्फत आफू बसेको होटलमा आएका थिए। एनआरएन अध्यक्ष भट्ट अहिले नेपाल फर्किसकेका छन।   

'श्रमिकहरुको श्रम सीप र ज्ञानको विकास, सामुहिक लगानी समृद्धिको निकास' गरौँ भन्ने मुल नाराको साथ एनआरएनए युएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन युएई आइपुगेका एनआरएनए केन्द्रीय अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्य कार्यक्रम सकिएपछि एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठसँग देरा दुबई स्थित कार्लन टावरमा पुगेका थिए ।

उक्त होटलमा पर्वत सेवा समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारीमा रहेका श्रेष्ठ निकट व्यक्तिहरुसँग भेटघाटको लागि पुगेका थिए । भेटघाटपछि त्यहाँ केही व्यक्तिहरुसँग श्रेष्ठको विवाद समेत भएको स्रोतले बताएको छ । विवादपछि दुबई श्रेष्ठलाई 'सिआइडी'ले फलोअप गरिरहेको थियो। 'ड्रिङ एण्ड ड्राइभ' को केशमा दुबई प्रहरीले पक्राउ गरेको भनीएपनि आर्थिक लेनदेनमा अनियमिता गरेको बिषय समेत जोडिएको स्रोतको भनाई छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved