कोरियन भाषाको परिक्षा शुल्क अब अनलाइनबाटै भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 05:55:32 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपियस शाखाले सन् २०१९ को भाषा परिक्षाको लागी बिहिबार राति १२ बजेबाट आवेदन खुलाउँदै छ । अनलाईन मार्फत आवेदन दिन सकिने व्यवस्थासँगै परीक्षा शुल्क पनि अनलाईन मार्फत तिर्न सकिने भएको छ । 

परीक्षा शुल्क ‘ईसेवा’ र ‘आईएमई पे’ डिजिटल वालेट मार्फत तिर्न सकिनेछ । चैत १८ गतेसम्म परीक्षार्थीेले शुल्क तिर्न सक्नेछन् । साथै पायक पर्ने स्थानमा रहेका आईएमई पे र ईसेवाको स्टेशनमार्फत पनि शुल्क तिर्न सकिने शाखाले जनाएको छ । यस अघि ग्लोवल आईएमइ बैंक मार्फत मात्रै परिक्षा शुल्क तिर्न सकिने व्यवस्था थियो । यसपटक भने बैंकसँगै अनलाईन पेमेन्ट गेटवे मार्फत शुल्क तिर्न सकिने भएको हो ।

पैसा तिर्न परीक्षार्थीले पुरा नाम, पासपोर्ट र मोबाईल नम्बर उल्लेख गर्नुपर्नेछ । परीक्षाका लागी २४ अमेरीकी डलर दस्तुर लाग्नेछ । परिक्षा शुल्क भूक्तान पश्चात परिक्षार्थीको मोबाईलमा आएको भौचर नम्बर परिक्षा फारम भर्दा प्रयोग गर्नुपर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved