नेपाली कामदार लैजान जापानले नेपालसँग सम्झौता गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 09:37:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कामदार जापान लाने बिषयमा नेपाल र जापानबीच आज (चैत ११) गते एक सम्झौता हुने भएको छ। सम्झौतापश्चात आगामी महिनादेखि नै छनौट प्रकृया सुरु हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि गरि करिब १४ क्षेत्रमा काम गर्न पांच बर्षमा झन्डै तीन लाख बिदेशी कामदार लैजाने तयारि गरेको छ। जापानले यसका लागि नेपाल सहित चीन, फिलिपिन्स, थाईल्यान्ड, म्यान्मार आदि देशहरूसँग कुराकानी गरेको जापानी संचारमाध्यममा प्रकाशित भएको छ।   

सरकारी संयन्त्र मार्फत जापानले नेपालबाट दक्ष र अदक्ष दुवै खालका कामदार लैजाने बताईसकेको छ। तर सम्झौता कस्तो हुन्छ भन्नेबारे श्रम मन्त्रालयले बाहिर ल्याएको छैन। यद्दपी श्रम मन्त्रालयभित्र एउटा अलग्गै सम्यन्त्र बनाइने कुरा चर्चामा छ। 

श्रम मन्त्रालयका एक अधिकारिकाअनुसार नेपाली कामदार बैदेशिक रोजगारीमा जाँदा ठगि नियन्त्र गर्न श्रमिक आपूर्ति प्रकृयामा तेस्रो पक्षलाई संलग्न नगराउन जापान सहमति भएको छ। सहमति भएका विषयलाई कार्यान्वयनमा ल्याउन एउटा प्राविधिक टोली गठन गरिने र उक्त टोलिले जापानले नेपालबाट वार्षिक लैजाने श्रमिकको सङ्ख्या र कामदारको लागत खर्चजस्ता विषय टुङ्ग्याउनेछ।   

भाषा जान्नुपर्ने

जापानमा रोजगारीमा जान एनफोर भाषा परीक्षा उत्तीर्ण हुनुपर्छ। अर्थात जापानी भाषा राम्ररी बोल्न र पढ्न सक्ने हुनुपर्छ।

तलब जापानी कानुनअनुसार 

नेपाली कामदारको तलब सम्बन्धित जापानी कानुनअनुसार नै हुने बताइएको छ।

जापान रोजगारी सम्झौताका लागि नेपालको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई अख्तियारी दिने निर्णय गरेको थियो। गत अक्टोबर महिनामा सार्वजनिक गरिएको चुओ युनिभर्सिटी र पर्सोल रिसर्च एन्ड कन्सल्टिङले संयुक्त रूपमा गरेको एउटा सर्वेक्षणमा जापानमा सन् २०३० भित्रमा ६४ लाखभन्दा बढी कामदारको अभाव हुने देखिएको थियो।

जापानको श्रम मन्त्रालयका अनुसार २०१७ जापानमा झन्डै १२ लाख कामदारको अभाव भएको थियो। पाका उमेरका मानिसको सङ्ख्या बढिरहेको जापानमा बाह्य कामदारको आवश्यकता भएको देखिएको छ। -बिबिसीको सहयोगमा 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved