विदेशमा हरेक दिन २ नेपाली कामदारको मृत्यु

भावना लामा

भावना लामा

Apr 04, 2019 | 09:22:22 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशमा हरेक दिन २ नेपाली कामदारले ज्यान गुमाउने गरेको पाईएको छ । बैदेशिक रोजगार बोर्डको तथ्यांकले बैदेशिक रोजगारीको लागि विभिन्न देशमा पुगेका नेपालीहरुमध्ये औसतमा २ जना भन्दा बढीले ज्यानले गुमाउने गरेको देखाएको हो । बोर्डका अनुसार चालु आर्थिक बर्षको ८ महिनाको अवधिमा विभिन्न मुलुकमा ५ सय २४ जनाले ज्यान गुमाएका छन् भने २ सय बढी घाइते भएका छन् ।

जसमध्ये सबैभन्दा बढी नेपालीको मृत्यृ मलेसियामा भएको देखिन्छ । सो अवधिमा मलेशियामा १५४ जनाले ज्यान गुमाएका छन् भने साउदी अरेबियामा १४० जनाले ज्यान गुमाएका छन् । त्यस्तै कतारमा ९६ जना ,संयुक्त अरब एमिरेट्समा ५२ जना, कुवेतमा २३ जना र दक्षिण कोरियामा १३ जनाको मृत्यृ भएको बोर्डले जनाएको छ । यी बाहेक अन्य ९ मुलुकमा भने नेपालीहरुको मृत्यृ भएको देखिन्छ । मृत्यु हुनेमा १६ जना महिला समेत रहेका छन् ।

त्यस्तै बढी घाइते हुने मुलुक पनि मलेशिया नै रहेको छ । बढी नेपाली घाइते हुने मुलुकको दोस्रो नम्बरमा साउदी अरेबिया, तेस्रोमा कतारमा, चौथोमा संयुक्त अरब एमिरेट्स रहेको छ । मृत्यु र घाइते हुनुको कारण भने उद्योग दुर्घटना, सडक दुर्घटना र अन्य कारण देखिएको बोर्डले जनाएको छ । मृत्युको एउटा प्रमुख कारण आत्मा हत्या पनि रहेको बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved