एनआरएन युएई अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा, १८ लाख नदिएको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 01:59:47 PM मा प्रकाशित

laxmi  sunrise bank

गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई प्रहरीले दुबईबाट नियन्त्रणमा लिएको छ। शुक्रबार बरदुवईमा "गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सहयाेगार्थ" धुर्मुस–सुन्तली साँझ भइरहेका बेला श्रेष्ठ कार्यक्रम स्थलबाटै पक्राउ परेका हुन।

फेसबुक मेसेन्जर मार्फत सम्पर्कमा आएका श्रेष्ठले आफु बिरुद्दमा कसैले उजुरी दिएकोले प्रहरीको नियन्त्रणमा परेको बताएका छन। आफु प्रहरी नियन्त्रणमा रहेको र सोधपुछ भैरहेको बताएका श्रेष्ठले थप जानकारी गराउने बताएपनि अहिले सम्पर्कमा आएका छैनन। शुक्रबार साँझ साँढे ६ बजे उनि सम्पर्कमा आएका थिए।    

कार्यक्रम हुँदै गर्दा कसैले उनलाई बाहिर बोलाएको र उनि बाहिर निस्केपछि कार्यक्रम स्थल नफर्केको कार्यक्रममा सहभागीले बताएका छन।  कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले पनि श्रेष्ठ पक्राउ परेको बारे शनिबार विहान मात्रै आफूले जानकारी पाएको बताएका छन। यद्दपी पक्राउ पर्नुको कारणबारे आफुलाई केहि थाहा नभएको उनले बताए। श्रेष्ठलाई धुर्मुस सुन्तलीसंग सम्बन्धित कार्यक्रमहरुको व्यवस्थापन तथा संयोजन गर्ने ब्यक्तीको रुपमा समेत चिनिन्छ।     

झापाका शंकर श्रेष्ठले अध्यक्ष रमेश श्रेष्ठविरुद्ध उजुरी दिएको खुल्न आएको छ। आफूले पाउनुपर्ने रकम नपाएपछि रमेश श्रेष्ठविरुद्ध उनले केही समयअघि दुबई र अजमानमा मुद्दा दायर गरेको बताइएको छ।  ६० हजार दिर्हाम नदिएकाले रमेश विरुद्द उजुरी दिएको जानकारीमा आएको छ।

दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् । हालै युएईमा एनआरएनलाई नेपाल एसोशिएसनको रुपमा दर्ता गरेका रमेश श्रेष्ठ र व्यवसायिक साझेदारी गरिरहेका व्यवसायी शंकर श्रेष्ठबीच लामो समयदेखि कारोबारका विषयमा विवाद रहेको थियो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved