अब युएईका नेपाली कामदारले राहदानी आफ्नै साथमा राख्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 11:41:13 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारको लागि संयुक्त अरब इमिरेट्स (युएई) गएका नेपाली कामदारले आफ्नो राहदानी आफ्नै साथमा राख्न पाउने भएका छन। नेपाल सरकार र युएईका प्राविधिक समितिले तयार पारेको सम्झौताको मस्यौदामा श्रमिकहरुले पासपोर्ट आफ्नो साथमा राख्न पाउने उल्लेख गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

'सम्झौतामा विदेशी कामदारलाई भन्दा थोरै तलब दिन नपाउने, नेपाल फर्कन चाहेमा करार अवधि सकिए पनि नो अब्जेक्सन लेटर दिने तथा  राहदानी कामदार आफैंले राख्न पाउने व्यवस्था गरिएको छ' मन्त्रालयका सहसचिव डा राम प्रसाद घिमिरेले बताएका छन। त्यस्तै सम्झौता कार्यान्वयनमा आइसकेपछि मुद्दा मामिला (प्रतिनिधी, अनुवाद) लगायतको खर्च सबै रोजगारदाता कम्पनीले व्यहोर्ने छ।  

महिना पुगेको १० दिन भित्र तलव नपाए उजुरी दिन पाउने, वर्क इन्स्योरेन्स (मूत्यु भएको खण्डमा लास समेत नेपाल पठाउने), हेल्थ इन्स्योरेन्सको सेवा रोजगारदाता कम्पनीले दिनुपर्ने सम्झौतामा उल्लेख भएको घिमिरेको भनाई छ। सम्झौता पछि कामदारको सम्पुर्ण लागत, म्यानपावरको कमिसन, कामदारको वासस्थान, बीमा आदिको व्यवस्था रोजगार दाताले व्यहोर्नेछ।यस मस्यौदालाई नेपाल र यूएई मन्त्रिपरिषदको निर्णयले पास गरेपछि मन्त्रीस्तरीय हस्ताक्षर हुनेछ। मन्त्रीस्तरीय हस्ताक्षरपछि सम्झौता लागू हुनेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved