सामाजिक अभियन्ता प्रोफेशर रमजान बाबु कतार सरकारबाट सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 11:23:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोफेशर मोहम्मद रमजान अलि मियाँ कतार सरकारबाट सम्मानित भएका छन। कतारमा रहेका आप्रवासी नेपालीहरुको समस्या समाधान एवं कानुनी सहायताका लागि उच्च भूमिका खेलेको भन्दै मियाँलाई कतारको गृह मन्त्रालयले सम्मान गरेको हो।    

रमजान बाबु भनेर समेत चिनिने मियाँलाई गृह मन्त्रालय अन्तगर्तको जनसम्पर्क बिभागका प्रमुख बृगिडियर अब्दुल्लाह खलिफा अल मुफ्ताहले सम्मान गरेका हुन। मानबअधिकारकर्मी तथा सामाजिक अभियन्ताको रुपमा आफ्नो अलग्गै पहिचान बनाएका मियाँलाई नेपाल–कतारबीचको सम्वन्ध विस्तारमा उल्लेख्य भूमिका खेलेको भन्दै कतार सरकारले यो सम्मान प्रदान गरेको हो।   

समस्यामा परेका नेपालीहरुको सहायतामा जुटनुका साथै मियाले कतार सरकारसँग नजिक भएर नेपालमा विभिन्न कार्यक्रमहरु पनि ल्याइरहेका छन । यस्तै नेपाल र कतारबीच पारस्परिक सम्वन्ध बिकास तथा लगानी आदानप्रदानका विषयमा दुवै मुलुकका उच्चअधिकारीहरुको भेटवार्ता र छलफलका लागि मियाले संयोजनकारी भूमिका खेलिरहेका छन ।

कतारमा रहेका नेपालीहरुलाई कतार सरकारको नियम–कानुनबारे सजक बनाउन मियाले कतारको श्रम ऐन तथा विभिन्न सरकारी डकुमेन्ट नेपाली भाषामा अनुवाद गरेर नेपाली समूदायमाझ ल्याइसकेका छन। करिब दुई दशक लामोसमयदेखि कतारमा बसेर नेपाल कतारबीच पुलको काम गर्दै आएका मियाँले आफ्नो अनुभव संगालेर 'मैले देखेको कतार' नामक पुस्तक समेत सार्वजनिक गर्ने क्रममा छन।  यस्तै पछिल्लो पटक उनले कतार सरकारले संसोधन गरेको श्रम ऐन पुस्तक र श्रमिक अधिकार पुस्तकलाई कतारी राजदूतावास काठमाडौसँगको सहकार्यमा प्रकाशन गरेका छन्।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved