नेपाली राजदूतावासले भारत हुँदै तेस्रो मुलुक जाने नेपालीको लागी दूतावासको सिफारिस पत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिनुपर्ने व्यवस्था गरेको छ । भारत हुँदै तेस्रो मुलुकको यात्रा वा रोजगारीमा जाने नेपालीले भारतीय अध्यागमनबाट लिनुपर्ने ‘ईमिग्रेसन क्लियरेन्स’ का लागी भारतस्थित नेपाली दूतावासले ‘नो अब्जेक्सन सर्टिफिकेट’ को व्यवस्था गरेको हो ।
दूतावासको ‘नो अब्जेक्सन सर्टिफिकेट’ को लागी भारतस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न दूतावासले सूचना जारी गरेको छ ।
भारतको बाटो हुँदै तेस्रो मुलुक जाने नेपालीको संख्या बढेपछि दूतावासले यो व्यवस्था गरेको हो । पछिल्लो समयमा कति नेपाली भारतको बाटो हुँदै तेस्रो मुलुक पुगे भन्नेबारे कुनै तथ्याङ छैन । तथापी दूतावासले यो सिफरिसको व्यवस्था गरेसँगै तथ्याङ्कनमा पनि सहयोग पुग्ने दूतावासले जनाएको छ ।