मलेसिया नखुल्दा ऋणमा डुबे म्यानपावर व्यवसायी

भावना लामा

भावना लामा

May 16, 2019 | 05:30:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मलेसिया रोजगारी बन्द गराएको एक वर्ष पूरा भएको छ । मलेसिया रोजगारीमा जाने कामदार ठगीमा परेको भन्दै श्रम मन्त्री गोकर्ण विष्टले मलेसियामा कामदार पठाउन रोक लगाएका थिए । नेपाल मलेसियाबिच द्धिपक्षीय नयाँ श्रम सम्झौता भएपनि मलेसिया रोजगारी खुल्न सकेको छैन । 

गत जेठ २ गते मलेसिया रोजगजारीको प्रक्रियामा काम गर्ने विभिन्न संस्था खारेजको निर्णय सँगै मलेसिया रोजगारी रोकिएको थियो । भिएलएन, बायोमेट्रिक, ओएसजी, जिएससी र माईग्रामलाई खारेज गरेका थिए । ती संस्थाको खारेजीसँगै रोकिएको मलेसिया रोजगारी कात्तिक १२ मा मलेसियासँग भएको श्रम समझदारीले पनि खुलाउन सकेको छैन । 

सरकारले मलेसिया बन्द गर्ने क्रममा झन्डै ९ हजार नेपालीले कलिङ भिसा लिईसकेका थिए । कलिङ भिषा लिएकालाई भने अन्तिम श्रम स्वीकृति प्रदान गर्न सरकारले चैत १७ मा निर्देशन जारी गरेको थियो । कलिङ भिसा लिएकामध्ये हालसम्म २६२४ जनाले अन्तिम श्रम स्वीकृति लिएको श्रम कार्यालय ताहाचलका निर्देशक देवेन्द्र कार्कीको भनाई छ । जसमध्ये ४१ जना महिला र बाँकी पुरुष रहेका छन् ।

मलेसिया रोजगारी खुलाउन सरकारको प्रयास जारी रहेको मन्त्रालयका वैदेशिक रोजगार विभाग प्रमुख दिपक ढकालको भनाई छ । उनका अनुसार केहि प्रोसेडियल कुरामा प्रष्ट नभएकोले मलेसिया रोजगारी खुल्न नसकेको हो । मलेसिया जाने श्रमिकको स्वास्थ्य जाँच गर्ने संस्था छनौट मलेसियन सरकारको परामर्शमा नेपाल सरकारले गर्ने भन्ने प्रस्ताव रहेको छ । यसबारे मलेसियन सरकारलाई निवेदन पठाईसकेको भएपनि मलेसियाबाट कुनै प्रतिक्रिया नआएको उनले बताए । दुई देशबिच कुटनितिक रुपमा संवाद भैरहेको र छिटो भन्दा छिटो रोजगार खुलाउन मलेसियालाई पहल गर्ने मन्त्रालयले जानकारी दिएको छ । 

मलेसियाको रोजगारी बन्द हुँदा ठूलो असर परेको म्यानपावर व्यवसायीको भनाई छ । मलेसियामा मात्रै कामदार पठाउने म्यानपावर कम्पनिले ऋणको भरमा कार्यालय सञ्चालन गर्नुपरेको युनाईटेड एच आर सोलुसनल प्राईभेट लिमिटेडका निर्देशक राम राईको भनाई छ । उनका अनुसार सरकारकै कारण म्यानपावरमा रोजगारी गर्दै आएका कतिपयले वेरोजगार बन्नुपरेको छ । धेरै जसो कम्पनि बन्द भैसकेको छ भने केहिले मलेसिया खुल्ने आशमा ऋण लिएर कार्यालय जीवित राख्न परेको उनी बताउँछन् । कलिङ भिषा लिएर बसेकाहरुका लागी अन्तिम श्रम स्वीकृति खुलाएपनि नयाँको लागी नखुलाउँदा आफूहरु समस्यामा परेको राईको भनाई छ । श्रम सम्झौता गरेअनुरुप सरकारले काम गर्न नसकेको उनको आरोप छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved