अहिलेकै प्रकृयाबाट बिदेशी कामदार लैजाने मलेसियाको गृह मन्त्रालयको अडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 10:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बिदेशबाट कामदार ल्याउने प्रकृया मलेसियाली मानव संसाधन मन्त्रालय मातहत ल्याउने प्रस्ताब पुन: असफल भएको छ। हाल मलेसियाको गृह मन्त्रालय मातहत रहेको नयाँ कामदार भर्ना प्रक्रिया, स्वास्थ्य परीक्षण, भेंडर परिवर्तन गर्ने निकाय आफु नेतृत्त्वको मन्त्रालय मातहत ल्याउन ल्याउन मन्त्री एम कुलासेगरनको प्रस्ताब मन्त्रीपरिषदले अस्विकार गरेको छ।

गृह मन्त्रालयले सुरक्षाको कारण देखाउँदै उक्त प्रस्ताव अस्विकार गरेको फ्री मलेसिया टुडे लगायतका मलेसियाली संचार माध्यमले जनाएका छन। आफ्नो अधिकार कटौती गर्दै ल्याइएको प्रस्ताबमा मलेसियाको गृह मन्त्रालय पहिलेदेखि नै नकारात्मक बन्दै आएको छ। उसले सुरक्षाको कारण देखाउदै आफु मातहतका निकाय मार्फत बिदेशी कामदार ल्याउने प्रकृयालाई निरन्तरता दिन चाहेको मलेसियाका संचार माध्यमले स्पष्ट पारेका छन। 

महाथिरको नेतृत्वमा सरकार बन्नेबित्तिकै अवैध कामदार घर फिर्ती अभियानदेखि कामदार भर्ना प्रक्रिया लगायतका विषयमा अध्ययन भएको थियो। 

गत अगस्टमा पूर्व न्यायाधिश हिसामुद्दीन युनुसको संयोजकत्वमा गठित स्वतन्त्र समितिले कामदार व्यवस्थापन सम्बन्धी अध्ययन गरि फेब्रुवरीमा  प्रतिवेदन बुझाएको थियो।

कुलासेगरनको प्रस्ताब अस्वीकृत भएपछि तन्त्र समितिको प्रतिवेदन समेत सार्वजनिक गर्न ढिलाई हुने त्यहाँका संचार माध्यमले जनाएका छन। दबाबका बावजुत कुलासेगरनले प्रतिवेदन सार्वजनिक गर्न नसकेको आरोप लागेको छ।    

आफ्नो आधिकार कटौतीमा गृह मन्त्रालय सकारात्मक नभएसंगै नेपाल लगायतका देशबाट कामदार लैजाने बिगतको प्रकृयामा कुनै फेरबदल नआउने देखिएको छ। अनावश्यक रुपमा बढी शुल्क उठाएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकतर्फी रुपमा २०७५ जेठ २ गतेबाट नेपाली कामदार मलेसिया नपठाउने निर्णय गरेका थिए। 

नेपाल र मलेसियाबीच २०७५ कार्तिक १२ गते श्रम सम्झौता भए पनि कामदार जाने प्रक्रिया सुरु हुन सकेको छैन। नेपालबाट कामदार मलेसिया पठाउने प्रकृयामा भेंडरदेखि स्वास्थ्य परीक्षणको विषय विवादको रुपमा रहँदै आएको छ। 

श्रम मन्त्रालय मलेसियाको रोजगारीमा विगतमा भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा संलग्न संस्थालाई अनुमति नदिने अडानमा छ। तर आफु मातहतको निकाय बाहेकबाट बिदेशी कामदार ल्याउने प्रकृयाबाट मलेसियाको गृह मन्त्रालयको अडान यथावत रहेपछि मलेसियामा नेपाली कामदार पठाउने प्रकृयामा फेरवदल नहुने आधार बलियो बनेको छ।     

नेपाली अधिकारी सँगको भेटमा मलेसियाका मानव संशाधन मन्त्री सेगरनले पटक-पटक नेपाली कामदार पठाइदिन आग्रह गरेपनि आफैले गैरकानुनी घोषणा गरेको संस्थाहरुबाट नेपाली कामदार मलेसिया नपठाउने श्रम मन्त्रालयको अडान देखिएको छ।  जस कारण मलेसिया जानलाई  श्रम मन्त्रालयले अन्तिम स्वीकृति दिएको छैन।

स्वास्थ्य परिक्षण गर्ने संस्थामा गएर अड्किएको मलेसियाको रोजगारीको गाँठो सहजै फुक्न गाह्रो भएको रोजगार क्षेत्रका जानकारहरुको बुझाई छ। एकतर्फी रुपमा खारेज र कारबाही गरेको संस्थालाई पुन मलेसियाको परिक्षण गर्न दिंदा प्रकृयाको लडाईमा आफ्नो हार हुने मन्त्रालयको बुझाई रहेको जानकारहरुको भनाई छ।  

श्रम मन्त्रालय अहिले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न आवेदन दिएका संस्थाको निरीक्षणमा छ। तर मलेसिया सरकार भेन्डर परिवर्तन गर्न इच्छुक देखिएको छैन। नेपालको आग्रहमा मलेसियाले स्वास्थ्य परिक्षणको मापदण्ड पठाएपछि संस्था निरीक्षण गर्न आउने भनिएको मलेसियालीपक्ष अहिले सम्म नेपाल आएको छैन। 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved