विदेशमा कोमामा रहेका नेपाली कामदारलाई स्वदेशमा उपचार गराउने तयारि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 09:38:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशका अस्पतालमा उपचार गराईरहेकाहरुलाई नेपाल ल्याउने तयारी गरेको छ । आइतबार वैदेशिक रोजगार बोर्डको बैठकले उनीहरुलाई नेपाल ल्याउनको लागि छलफल गरेको हो ।

यस प्रक्रियाको लागि कार्यदल गठन गरिएको छ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहने गरी तथा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी एक कार्यदल गठन भएको हो । 

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत् गम्भिर प्रकृतिका विरामीहरुको संकलित तथ्यांकहरु उपर छानविन गरी नेपाल ल्याउने प्रकृया÷मापदण्डहरु सम्बन्धमा र नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेश गर्नेछ ।

बोर्डका अनुसार वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्र दूर्घटनामा परी गम्भिर चोटपटकका कारण कोमामा उपचाररत् तथा पक्षधातबाट हिँडडूल गर्न नसक्ने अवस्थामा दक्षिण कोरिया, साउदी अरव, कतार, कुवेत, यु.ए.ई. लगायतका मुलुकहरुका विभिन्न अस्पतालमा उपचाररत् २८ जना नेपाली विरामीहरु छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved