भिसा प्रक्रियामै कामदार लुट्नेलाई मलेसियामा कारबाही, नेपालमा छुट !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 08:51:36 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट कामदार आपूर्ति गर्दा अनियमितता गरेको आरोपमा मलेसियाका पूर्वउपप्रधानमन्त्री डा. अहमद जहीद हमिदी पक्राउ परेका छन। उनलाई  भिसा प्रकृयामै भ्रष्टाचार गरेको आरोप लगाइएको छ। 

सोमबार पक्राउ परेका हमिदिलाई बुधबार अदालतमा उपस्थित गराएर मुद्दा अघि बढाउने तयारिमा मलेसियाली सरकार जुटेको त्यहाँका संचार माध्यमले जनाएका छन। 

मलेसियाको भ्रष्टचार विरुद्धको आयोगले अवैधानिक संस्था 'भीएलएन' लाई वैधानिकता दिएर सञ्चालन गर्न हमिदीको संलग्नता रहेको ठहर गरेको छ। हमिदिलाई विदेशबाट कामदार आपूर्ति गर्ने प्रकृयामै श्रमिकलाई आर्थिक भार थोपर्ने निणय गर्न मुख्य भूमिका खेलेको आरोप लगाइएको छ।

मलेसियाको गृह मन्त्रालयले अहिले यही विवादित संस्था मार्फत नै नेपालबाट कामदार आपूर्ति प्रक्रया फेरि सुरु गर्न चाहेको छ। तर त्यहाँको  मानव संशाधन मन्त्रालयले गृहले गर्दै आएको बिदेशीबाट कामदार आपूर्ति गर्ने काम आफुले गर्न पाउनुपर्ने अडान राख्दै आएको छ। त्यहाँका दुई मन्त्रालयबीच अधिकार बाँडफाँडको बिषयमा देखिएको विवादले नेपाल लगायतका देशहरुबाट मलेसिया कामदार जाने प्रकृया रोकिएको छ। 

नेपालमा छुट !

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले करिब बर्षदिन अघि गत बर्ष  जेठ ३ गते नेपालबाट मलेसिया जाने कामदारबाट चर्को असुली गरेको भन्दै एकतर्फी रुपमा भिएलएन, बायोमेट्रिक,ओएसजी, जिएससी र माइग्राम खारेजीको घोषणा गरे।

नेपाली कामदार ठगि गरेको आरोपमा कारबाहीमा परेको भिएलएनका केहि व्यक्ति पक्राऊ परेपनि संस्थालाई कारबाही हुन सकेको छैन। करोडौं ठगेको मुद्दा अदालतमा पुगेर सफाई पाएका भीएलएनले फरक बाटोबाट स्वास्थ्य परिक्षण गर्ने संस्थाको लागि मन्त्रालयमा निबेदन दिएको छ। मन्त्रालय आफैले गैरकानुनी भनेको संस्थाले निबेदन दिंदा त्यसको अनुगमन र नियमन कसरि हुन्छ त्यो भने हेर्न बाँकी नै छ।    

नेपाल र मलेसिया बीच २०७५ कात्तिक १२ मा श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको थियो। तर सम्झौताअनुसार प्रकृयागत बिषयको टुंगो नलागेको भन्दै समझदारीपत्रमा हस्ताक्षर भएपनि कामदार पठाउन नेपाल सरकारले रोक लगाउंदै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved