मलेसिया नखुलाए सरकारलाई लाइसेन्स बुझाउने व्यवसायीको चेतावनी (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 11:24:05 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यानपावर व्यवसायीहरुले करिब १४ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी नखुलाए व्यवसायको लाइसेन्स सरकारलाई जिम्मा लगाउने चेतावनी दिएका छन। 

वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण धर्ना कार्यक्रम गर्दै व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन। नेपालमा संचालनमा रहेका करिब ८५ प्रतिशत  म्यानपावर व्यवसायी मलेसियासंग निर्भर रहेकाले १४ महिनादेखि मलेसिया बन्द हुँदा ठुलो संकट आएको व्यवसायीको भनाई छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आवेगमा लिएको निर्णयले मलेसियाको रोजगारीमा संकट निम्तिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको भनाई छ। 

‘कसैको इगोलाई लिएर मन्त्रीज्युले आवेगमा एक्सन लिँदा कामदारहरुको प्रमुख गन्तव्य मुलुक मलेसिया रोजगारी संकटमा परेको छ, अध्यक्ष गुरुङले भने, 'कि मन्त्रीको निर्णय देखाएर मलेसिया बन्द गर्नुपर्यो, होइन भने खोल्नु पर्यो, व्यवसायीलाई संकटमा राख्नु भएन।' 

सरकारले गत कात्तिक १२ गते मलेसियासँग गरेको श्रम समझदारी (एमओयु) मा नेपाली कामदारहरुको सम्पूर्ण लागत शुल्क रोजगारदाता कम्पनीले बेहोनुपर्ने उल्लेख भईसकेपनि मन्त्री बिष्टको इगोको कारण मलेसियाको रोजगारी रोकिएको अध्यक्ष गुरुङको भनाई छ। 'कि त मलेसिया बन्द भयो भनेर घोषण गर्नुपर्‍यो,’ अध्यक्षले भने, ‘होइन भने हामी सरकारलाई लाइसेन्स जिम्मा लगाउन बाध्य हुन्छौं’

त्यस्तै संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तानाले मलेसिया रोजगारी बन्द भएसँगै दोहोरो समस्या उत्पन्न भएको बताएका छन। एकातिर  व्यवसायीहरु जटिल अवस्थामा रहेको र अर्कातर्फ नेपाली कामदारको रोजगारीका अवसर गुम्दै गइरहेको प्रस्ट पारे। 

सरकारले मलेसिया सरकारसँग श्रम सम्झौता गरेको तर सम्झौताका विषयहरु सार्वजनिक नगर्नुले आम नागरिकलाई सूचनाको हकबाट वञ्चित गरिएको प्रथम उपाध्यक्ष भान्तानाले बताए। ‘सरकारले एमओयुमा समावेश भएका सार्वजनिक नगर्नु पनि शंकास्पद छ,’ उनले भने।  

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालसँग व्यवसायीहरुले मलेसिया रोजगारीको निष्कर्षको माग अघि सारेका छन्। महानिर्देशक भुसालले मलेसिया रोजगारी सधैंका लागि बन्द नहुने आश्वासन दिएका छन।

नेपाल र मलेसिया बीच २०७५ कात्तिक १२ मा श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको थियो। तर सम्झौताअनुसार प्रकृयागत बिषयको टुंगो नलागेकाले   समझदारीपत्रमा हस्ताक्षर भएपनि कामदार पठाउन नेपाल सरकारले रोक लगाउंदै आएको छ। त्यसयता २०७५ जेठ २ गतेदेखि नयाँ श्रम स्विकृति लिएर नेपाली कामदार रोजगारीका लागि मलेसिया जान पाएका छैनन्। मलेसिया रोजगारी बन्द रहेको १४ महिना बितिसक्दा यसबारे अझै टुंगो लाग्न सकेको छैन।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved