बल्ल बन्यो म्यानपावरको अनुगमन गर्ने कार्यविधि, आकस्मिक टोलि परिचालनको व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 08:08:42 AM मा प्रकाशित

laxmi  sunrise bank

करिब ३४ बर्षपछि बैदेशिक रोजगार व्यवसायीमा अनुगमन र छापा मार्नका लागि कार्यविधि बनेको छ। सरकारले स्पष्ट व्यवस्थासहितको ‘अनुगमन टोली परिचालन कार्यविधि-२०७६’ कार्यविधि ल्याएको हो।

भारत बाहेकका मुलुकमा नेपाली कामदार रोजगारीको लागि जान थालेको करिब ३० बर्ष बितिसक्दा समेत म्यानपावरको अनुगमन को लागि ठोस कार्यबिधि बनेको थिएन। २०४२ सालदेखि नै म्यानपावर स्थापना भई काम गर्न थालेपनि २०६४ सालमा वैदेशिक रोजगार ऐन ल्याइएको थियो र त्यसपछि मात्र वैदेशिक रोजगार विभाग गठन भएको हो। 

कार्यविधिको अभावमा म्यानपावरका ठगि धन्दाबारे थाहा भएपनि ठोस कारबाही हुन नसक्दा विदेश जान चाहने तथा गएका हजारौं नेपालीहरुले वास्तविक न्याय पाउन सकेका थिएनन। भीष्मकुमार भुसाल वैदेशिक रोजगार विभागका महानिर्देशक भएर आएपछि पहिलो पटक कार्यविधि बनेको हो।    

'कार्यविधि मन्त्रालयबाट पास भएकाले अनुगमनका लागि सहज हुने बिभागका महानिर्देशक भुसालले बिजपाटीलाई बताएका छन। 'यस्तो कार्यविधि विभाग गठन लगत्तै बन्नु पर्ने थियो, अब भने अब विभागको टोली जुनसुकै समयममा अनुगमनमा जान सक्छ' भुसालले भने।

कार्यविधि बनेलगत्तै बिभागले म्यानपावरको अनुगमन तथा निरीक्षणमा आक्रामक बनेको छ। साउन १८ गते शनिबारको दिन पनि विभागको टोलीले रोजगारी बन्द रहेको मलेसियकाको लागि भन्दै अन्तरवार्ता लिइरहेको म्यानपावरको कार्यालयमा छापा मारेको थियो । त्यस्तै साउन १९ गते आइतबार पनि विभागले देशको तेस्रो ठूलो म्यानपावर कम्पनी प्याराडाइज इन्टरनेशनलमा कामदारसँग तोकिएभन्दा बढी रकम लिँदालिँदै छापा मारेको छ । 

कार्यविधिका व्यवस्था 

कार्यविधिले अनुगमनलाई सहज मात्र नबनाई अनुगमनमाथि उठ्ने प्रश्नको समस्या पनि समाधान गर्ने बिभागको महानिर्देशक भुसालको भनाई छ। महानिर्देशकको निर्देशन र प्रत्यक्ष रेखदेखमा विभागबाट नियमित वा आकस्मिक टोली परिचालन हुने भएकाले अनुगमन प्रभावकारी हुने बिश्वास गरिएको छ।   

कार्यविधिमा गैरकानुनी लेनदेन वा अन्य क्रियाकलाप भइरहेको  लिखित वा मौखिक सूचना वा उजुरी प्राप्त भएको अवस्थामा आकस्मिक अनुगमन टोली परिचालन गर्ने व्यवस्था गरिएको छ । टोलि परिचालनको क्रममा थप सुरक्षाकर्मी आवश्यक पर्ने भएमा तत्काल खटिएको स्थानको नेपाल प्रहरीको नजिकको इकाईबाट थप मद्दत मागी परिचालन गर्न सकिने कार्यविधिमा उल्लेख छ। यसले सुरक्षाको कारण देखाएर अनुगमन नगर्ने वा अनुगमनमा आलटाल गर्ने प्रवृतिमा कमि ल्याउने बिश्वास गरिएको छ।  

अनुगमन टोलीले आफूले गरेको कामको प्रारम्भिक प्रतिवेदन २४ घन्टाभित्र पेश गर्नुपर्ने छ। अन्तिम प्रतिवेदन कार्यसम्पन्न गरेको ३ दिनभित्र महानिर्देशकसमक्ष पेश गनुपर्नेछ ।

टोली परिचालनको अभिलेख छुट्टै रजिष्टरमा राख्नुपर्ने व्यवस्था मिलाइएको छ । यसको पाक्षिक तथा मासिक प्रगति विवरण विभागको अनुसन्धान तथा मुद्दा शाखा, राहत उद्धार शाखा र महानिर्देशकको सचिवालयमा अद्यावधिक गराउनु पर्ने हुन्छ । टोली परिचालनको अभिलेख छुट्टै रजिष्टरमा राख्नुपर्ने व्यवस्था मिलाइएको छ । यसको पाक्षिक तथा मासिक प्रगति विवरण विभागको अनुसन्धान तथा मुद्दा शाखा, राहत उद्धार शाखा र महानिर्देशकको सचिवालयमा अद्यावधिक गराउनु पर्ने हुन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved