एनआरएनए कतारको नेतृत्त्वमा मुसलमान समर्थकको 'क्लिन स्विप'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2019 | 06:13:00 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसी) कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान बिजयी भएका छन।  शुक्रबार सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी तेज कटुवाललाई पराजित गर्दै मुसलमान एनआरएन कतारको २०१९–२०२१ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन।

मुसलमानले प्रत्यासी कटुवाललाई ९ सय ४० भोटले उछिन्दै २ हजार ६६ मत प्राप्त गरेर बिजयी भएका हुन्। अन्य पदमा समेत मुसलमान समर्थक टिम सदस्यका उम्मेदवारले क्लिन स्विप गरेका छन। त्यस्तै आईसीसी सदस्यमा ४ जना विजयी भएका छन्। जसमा रमेश भट्ट, होमनाथ शर्मा , युवराज शर्मा र केबी हमाल रहेक छन्।

प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्वितीय उपाध्यक्षमा टंक कुमार खड्का,महासचिवमा पदम गिरि, सचिवमा अपसर खान र नेत्र भुजेल (नियम) ,कोषाध्यक्षमा विनोद प्रसाद बसौला, सहकोषाध्यक्षमा तनबिर आलम विजयी भएका छन्।

त्यसैगरि युवा संयोजकमा रविन मगर बिजयी भएका छन भने महिला उपाध्यक्षमा सरिता भण्डारी र महिला संयोजकमा अम्बिका खत्री यसअघि नै निर्विरोध चयन भएका थिए। निर्वाचन दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार सम्पन्न भएको थियो।

मुसलमान एनआरएनए एनसीसी कतारको सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थामासमेत आवद्ध छन्। कतारमा व्यवसाय गरिरहेका मुसलमान अघिल्लो कार्यसमितिमा पनि अध्यक्षमा लडेका थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved