वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्थाको धरौटी चार गुणाले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2019 | 06:38:40 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमूखीकरण तालिम दिने संस्थाको धरौटी रकम बढेको छ। पछिल्लो व्यवस्थाअनुसार यसअघि १ लाख रुपैयाँ धरौटी राखेर सञ्‍चालन भएका संस्थाले अब ५ लाख रुपैयाँ धरौटी पुर्‍याउनुपर्ने भएको छ।

वैदेशिक रोजगार ( पाँचौ संशोधन ) नियमावली , २०७६ ले एक लाख धरौटीलाई वृद्धि गरि ५ लाख पुर्याउनुपर्ने व्यवस्था गरेको हो। यही आर्थिक वर्षदेखि नवीकरण गर्दा नै पछिल्लो व्यवस्थाअनुसारको धरौटी राख्नुपर्ने वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता भोलानाथ गुरागाईंले जानकारी दिए।

त्यसैगरि अभिमूखिकरण तालिम सञ्चालन गर्ने संस्थाले हरेक वर्ष नवीकरण गर्दा लाग्ने शुल्क पनि दोब्बर पारिएको छ। यसअघि पाँचहजारमा नविकरण हुने व्यवस्था रहेकोमा अब १० हजार लाग्ने नियमावलीमा व्यवस्था छ।

त्यस्तै एकाघरका परिवारले एकभन्दा बढी संस्था चलाएको पाइएमा त्यस्ता संस्था नवीकरण नहुने भएको छ। नयाँ दर्ता पनि एकभन्दा बढी नगर्ने र सञ्चालनमा रहेको भएपनि खारेज गर्ने व्यवस्था नियमावलीमा उल्लेख छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved