सहमति उल्लंघन हुँदा एनआरएनए यूएई संकटमा, अध्यक्ष श्रेष्ठ भन्छन- झुटो आरोप लगाउनु दुखद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 08:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन पुर्वको सहमति उल्लङ्घन हुँदा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको २०१९-२१ कार्यसमिति संकटमा फसेको छ। विवादका कारण पूर्ण कार्यसमिति चयन हुन नसक्दा जिम्मेवारी हस्तान्तरण कार्यक्रम समेत हुन नसकेको पाइएको छ। 

भात्रृसंगठन प्रमुखहरुको संयन्त्र, निर्वाचन समिति र पुरानो कार्यसमितिका अध्यक्ष तथा पदाधिकारी बीचभएको सम्झौतामा नयाँ कार्यसमितिको अध्यक्ष प्रकाश कोइराला र महासचिब निश्चल दाहाल र उपाध्यक्ष पासांग शेर्पाले किचलो निकाले पछि निर्वाचन समिति समेत अफ्ट्यारोमा परेको हो। 

पुर्व सहमति अनुसार कार्यसमिति चयन हुन नसक्दा आइसीसीमा पठाउनु पर्ने रकम समेत पठाउन नसकेको पुरानो कार्यसमितिका अध्यक्ष रमेश श्रेष्ठले बिजपाटीलाई बताएका छन। सहमति अनुरुप सबै कार्य तत्कालै लागु गर्न आफु तयार रहेपनि दोश्रो पक्षले सहमति लागू नगरि ढोका दिएको अध्यक्ष श्रेष्ठले आरोप लगाएका छन। 

'सबै कुरा अन्तिम सहमतिमा पुगेको तर अन्त्यमा प्रवासी नेपाली मंचले प्रकाश कोइराला र उनको टिमलाई दबाब दिदै सहमति लागु नगर्न धम्कि दिंदा सबै कुरा बिग्रिएको पाइएको छ।  

सहमति लागु नगरेको भन्दै अहिले जनसम्पर्क समितिक सभापति तथा जनप्रगतिशिल मंचमा अध्यक्ष बाबुराम बिश्वकर्मा समेत प्रवासीमंचका पदाधिकारीहरुसंग रुष्ट भएको र सहमति नभाँड्न चेतावनी दिएको बुजिएको छ।

अहिलेकै अवस्था रहेको खण्डमा यूएईबाट आइसीसीमा उममेदवार दिने आइसीसी सदस्य र पर्सादहरु जान नपाउने अवस्था आउन सक्ने कुराले अहिले धेरैको ध्यान खिचेको छ। 

अनुसार सहमति लागु गर्ने कुरामा पछि हटेर समस्या समाधान नहुने बरु झन् समस्या बल्झिने अध्यक्ष श्रेष्ठले बताएका छन। सबै पक्षलाई  सहमतिमा आउन उनले आग्रह समेत गरेका छन। सहमति मै सबै कुरा टुंग्याउने कुरा भय पश्चात उम्मेद्वारी दिएको पनि फिर्ता गरेको तर अन्त्यमा घात गरेकोले समस्या आएको श्रेष्ठ बताउछन। अध्यक्षका निमित्त उम्मेद्वारी दिएका श्रेष्ठले सहमतिमा जाने भन्ने लिखित सहमति भएपछि उम्मेद्वारी फिर्ता गरेका थिए।  

राजनीतिक संयन्त्रका तर्फबाट प्रवासी मंचका श्याम कंडेल, श्याम पाठक, जनसम्पर्क समितिकातर्फबाट भुवानी तिमिल्सिना र खेमराज बस्नेत तथा जनप्रगतिशिल मंचका तर्फबाट बाबुराम बोश्वकर्मा, मध्य पुर्व उपसंयोजक गोपाल कंडेल, आइसीसी सदस्य ठाकुर ढुंगाना, आइसीसी सदस्य मनोज कुमार श्रेष्ठ निर्वाचन समिति संयोजक राजेश दर्शन अर्याल तथा सदस्यहरु, अध्यक्ष रमेश श्रेष्ठ, १९-२१ कार्यकालक अध्यक्ष प्रकाश कोइराला लगायतले लिखित सहमति गरेको माइनुट बिजपाटीलाई फेला परेको छ। 

यसरि निर्वाचन पुर्व भएको सहमति उल्लङ्घन गरेर समस्या निम्तिएको खुल्न आएको हो। यो सहमति भाड्नका निमित्त प्रवाशी मंचका श्याम कंडेल र जनसम्पर्क समितिका चित्र केसीले भूमिका खेलेको भन्दै सबैले आलोचना गरेका छन्।

हस्तान्तरण ढिलाईको कारण 

नेपाल एसोसियसनसंगको सहमति कार्यान्वयन नहुँदा अहिले समस्या बल्झिएको श्रेष्ठको भनाई छ। 'पुरानो कार्यसमितिका सक्षमलाई पनि नयाँ मा ल्याउने सहमति भएपनि कार्यान्वयन नहुँदा अहिले समस्या उत्पन्न भएको हो' श्रेष्ठले भने, 'एनआरएन पुरानो कार्यकालमा नभएका  र साधारण सदस्यता समेत नबिकरण नभएकालाई सहमतिमा अध्यक्ष बनाईयो तर पुरानो संक्षम कार्यसमितिलाई ल्याउन बिधान संसोधन समेत भएन, यसले गर्दा समस्या झन बढेको हो।' बिधानमा अहिले भएको ३ उपाध्यक्ष र २ सचिबको व्यवस्था संसोधन गरेर ५ उपाध्यक्ष र ५ सचिब बनाउने सहमति भएको थियो।       

एनआरएन युएईसंग रहेको पैसा हस्तान्तरण नगरेको भन्ने आरोपको खण्डन गर्दै श्रेष्ठले नेपाल एसोसियसन युएईको कानुन अनुसार त्यहाँको स्थानीय निकायमा दर्ता भएको र त्यहि अनुसार कानुनि काम भएकाले हस्तान्तरण गर्न कठिनाई भएको बताएका छन। 'यहाँको कानुनअनुसार संस्थामा पैसा जम्मा भएको छ, सदस्य बनाउने देखिको काम यहींको कानुन अनुसार भएकाले पैसा हस्तान्तरण गर्न ढिलाई भएको हो' श्रेष्ठले भने, 'सदस्यता बिस्तार समितिसंग पैसा रहेको र सहमति हुने बित्तिकै पैसा दिन तयार रहेको तथा नेपाल एसोसिएसनको खातामा पैसा राख्न  एमओयुमा सहमति भएको अवस्थामा समेत मानहानी हुने गरि समाचार बाहिर आउनु दुखद हो।'     

निर्वाचन समितिबाट सपथ खान बाँकी नै रहेकाले नयाँ कार्यसमितिको बैधानिकतामाथि नै प्रश्न खडा भएको छ। कार्यतालिका बाहिर रहेर आईसीसीको डीआरसीले बन्द कोठामा सपथ खुवाएकाले अहिले पनि उक्त कार्यसमितिको बैधानिकतामाथि प्रश्न उठेको अध्यक्ष श्रेष्ठको दाबि छ। नेपाल एसोसियसनको बिघटन पनि नभएकाले अहिले नै नयाँ कार्यसमितिले बैधानिकता पाएको भन्नु गलत भएको श्रेष्ठको भनाई छ।

राजेश दर्शन अर्यालको संयोजकत्वमा अगस्ट २३ मा पुर्व सहमति पालना गर्ने गरि प्रकाश कोइरालाको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको थियो। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved