करिब १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलेको छ । नेपाल र मलेसियाका अधिकारी सम्मिलित समितिको क्वालालमपुरस्थित बसेको संयुक्त बैठकले १० बुँदे सहमति गरेको हो ।
नेपाली पक्षको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पुनः सुरु भएको जानकारी दिए । निकै पेचिलो बनेको स्वास्थ्य परीक्षणको मुद्दामा दुवै देश सहमत भएका छन् । हाल पहिलेकै ३६ स्वास्थ्य संस्थाबाट परीक्षण गराउने र नयाँ सूचीकृत १२२ मध्ये बाँकी ८६ संस्थालाई पछि सूचीकृत गर्ने सहमति भएको छ । अब नेपालीहरु मलेसिया जाने प्रक्रिया तुरुन्तै सुरु हुने भएको छ ।
यस्ता छन् कामदारले पाउने सुबिधा :