म्यानपावर व्यवसायीले गरे सरकारी कदमको स्वागत, मन्त्री बिष्टलाई दिए धन्यबाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 11:55:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको रोजगारी सुचारु भएकोमा नेपाल सरकारलाई धन्यबाद व्यक्त गरेको छ। नेपाल र मलेसिया सरकारबीच भदौ २६ गते भएको सहमतिले आफुहरुले लामो समयदेखि उठाउदै आएको माग सम्बोधन भएको भन्दै संघले बिज्ञप्ती जारि गर्दै सरकारलाई धन्यबाद दिएको हो। 

'दुईदेशबीचको सहमति पुर्व नेपाली श्रमिकले बिभिन्न संस्था र प्रणालीको नाममा ठुलो रकम भुक्तानी गर्नुपर्ने अवस्था रहेको थियो' बिज्ञप्तीमा भनिएको छ, 'नेपाल सरकार तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहल कदमीले मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको छ'। 

मलेसिया र नेपाल सरकारबीच २०७५ कात्तिक १२ गते भएको ऐतिहासिक श्रम समझदारी कार्यन्वयन हुने गरि २०७६ भदौ २६ गते भएको दुई देशबीचको सहमतिले मलेसिया जाने नेपाली श्रमिकलाई धेरै सुविधा थपेको छ। दुई देशबीच भएको सहमतिअनुसार नै यहि भदौ २९ देखि मलेसियाको रोजगारी खुला भएको छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved