एनआरएनएको कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी, आर्थिक स्थायित्वलाई जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 07:05:23 PM मा प्रकाशित

laxmi  sunrise bank

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्यव परिषदको अर्को महिना काठमाडौंमा हुन गईरहेको आगामी कार्यसमितिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। यहि क्रमलाई निरन्तरता दिंदै जापानका पुराना तथा स्थापित व्यवसायी महेशकुमार श्रेष्ठले एनआरएन आइसीसीको कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्दै आफुलाई सहयोग र समर्थन गर्न अपिल गरेका छन।  

रेमिट्यान्स, रेष्टुरेन्ट, हाइड्रो, बैकिङ, आधुनिक कृषि, ट्राभल, आइटी, इन्स्युरेन्स, आयात(निर्यात, भौतिक पूर्वाधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रही मुलुकमा लगानी भित्र्याउने कार्यमा उदाहरण बन्दै आएका श्रेष्ठले वित्तिय क्षेत्र आफ्नो अध्ययन र रुचीको क्षेत्र भएकोले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन। श्रेष्ठले गैर आवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जबाफदेहितालाई मुख्य मुद्दाकारुपमा अगाडि सारेका छन् ।  

'‘गैर आवासीय श्रमिक कल्याण कोष’ को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्दै जाने ठोस योजना सहित ’मितव्ययिता र पारदर्शिता, आजको आवश्यकता’ भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्व लाई जोड दिदै संघको नवौं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु' श्रेष्ठद्वारा जारि घोषणापत्रमा उल्लेख छ। 

विगत १४ वर्ष अघि देखिनै गैरआवासीय नेपाली संघको विभिन्न निकायको जिम्मेवारीमा रही काम गरिसकेका श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै १० बुंदे प्रतिबद्दता पत्र समेत सार्वजनिक गरेका छन। 

१० वुंदे प्रतिवद्धतापत्र 

१. वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने छु । (उक्त कोषको स्थापना तथा सञ्चालनका लागि सवन्धित पक्षहरुसंग छलफल अगाडी बढाई सकिएको छ)

२. गैर आवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आय(व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गरिने छ ।

३. संघको काठमाडौंस्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाइने छ, साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्ने छु ।

४. गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अनुशासन कायम गरिने छ ।

५. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिने छ ।

६. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ ।

७. खेलकुद अनि नेपाली भाषा, साहित्य र कला, संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिने छ । युवा, महिला तथा दोस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको समस्या, चुनौती र अवसरका बारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिने छ ।

८. भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुपमा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचनामा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

९. संघका मुख्य आधार स्तम्भहरु NRNA Foundation, Policy Institute, Knowledge and Skill Academy, Businesses and Investment Forum, Migration & Foreign Workers Welfare committee, Women and Youth Forum  लाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिने छ ।

१०. नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुका लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धारा विरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनुहुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि बुलन्द आवाज उठाईरहने छु ।

एनआरएननमा श्रेष्ठका योगदान

-केन्द्रीय सदस्य NRNA ICC -2017-2019

-संयोजक नेपालको संविधानमा एनआरएनका अधिकार सम्बन्धी समिति (२०१७(१९)

-क्षेत्रीय संयोजक स् एनआरएनएको विधान संसोधन तथा नियमावली निर्माण सुझाव समिति (२०१७(१९)

-सदस्य: एनआरएनएको विधान संशोधन तथा निमावली निर्माण सुझाव समिति (२००७(२००९), (२०१३(२०१७)

-सहसंयोजक: व्यापार तथा लगानी प्रवर्धन समिति (२०१७(१९)

-सदस्य: व्यापार तथा लगानी प्रवर्धन समिति (२०१३(२०१५(२०१७)

सदस्य:  वैदेशिक लगानी समन्वय तथा अनुगमन समिति, नेपाल सरकार (२०१७(१८)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved