सुनचाँदीको मुल्यमा सामान्य गिरावट

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2018 | 10:48:37 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड आज तोलामा १ सयले घटेर प्रति तोला ५७ हजार ४ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ सयले घटेर प्रति तोला ५७ हजार १ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार २ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८  हजार ९ सय ५५  रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved