फेरी बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 23, 2018 | 10:04:34 AM मा प्रकाशित

laxmi  sunrise bank

केही दिनदेखी सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । साताको छैठौ दिन आज शुक्रबार पनि सुनको मूल्यमा बृद्धि भएको भएको छ । बिहिबार प्रति तोला ५७ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला ५८ हजार ३ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ४ सयले बढेर प्रति तोला ५८ हजारमा कारोबार भईरहेको छ । चाँदी भने बिहिबारकै भाउ अर्थात प्रति तोला ७ सय ४५ रुपैयाँमा नै कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ७ सय ३० रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved