सुनको भाउ घट्यो, चाँदी स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2018 | 12:52:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ केही ओरालो लागेको छ । आज फाइन गोल्ड प्रति तोला २ सय रुपैयाँले घटेर ५९ हजारमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन तोलाको २ सयले नै घटेर ५८ हजार ७ सय रुपैयाँमा झरेको छ । चाँदी भने गत बिहिबार देखी स्थिर दछ । चाँदी आज ७ सय ८० रुपैयाँ प्रति तोलामा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आईतबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ५० हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ३ सय ३० रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved