उकालो लाग्दै सुनको भाउ

निरोज कुमार थापा

निरोज कुमार थापा

May 24, 2018 | 12:49:05 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज बिहिबार पनि सुनको भाउ बढेको छ । आज छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन पनि आज तोलाको १ सयले बढेर ५८ हजार ७ सयमा किनबेच भईरहेको छ । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज पनि तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । सुन हिजो पनि तोलाको ३ सय रुपैयाँले बढेको थियो भने चादी ५ रुपैयाँले बढेको थियो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ३ सय ३० रुपैयाँ तोकेको छ । यसैगरी प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६४ रुपैयाँ ५० पैसा तोकेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved