फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 25, 2018 | 01:46:24 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन पनि आज तोलाको २ सयले बढेर ५८ हजार ९ सयमा किनबेच भईरहेको छ । हिजो स्थिर रहेको चाँदीको भाउ आज भने तोलामा ५ रुपैयाँले बढेर ७ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ७ सय ५५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ५ सय रुपैयाँ तोकेको छ । यसैगरी प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved