बढ्यो सुनको भाउ, घट्यो चाँदीको

निरोज कुमार थापा

निरोज कुमार थापा

May 30, 2018 | 12:44:05 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार सुनको भाउ १ सयले बढेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुन प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज भने एक सयले बढेर छापावाला सुन प्रति तोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी मंगलबार प्रति तोला ५८ हजार ४ सयमा कारोबार भएको तेजावी सुन आज प्रति तोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी भने ५ रुपैयाँले घटेर ७ सय ६५ रुपैयाँमा झरेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन १० ग्रामको मूल्य ५० हजार ४ सय १० रुपैयाँ कायम गरेको छ भने तेजावी सुन १० ग्रामको मूल्य ५० हजार १ सय ५५ रुपैयाँ कायम गरेको छ । यसैगरी प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved