सुनको भाउ घट्यो चाँदीको स्थिर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 12:08:03 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले घटेको हो ।
छापावाला सुन प्रति तोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार २ सय ७० रुपैयाँ, तेजावी सुन ५१ हजार १५ रुपैयाँ र चाँदीमा ६ सय ३९ रुपैयाँ मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved