सुनको मुल्य ६ बर्ष यताकै उच्च, मुल्य बढेपछि गहनाको माग घट्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2018 | 11:27:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनको मुल्य ऐतिहासिक उचाईमा पुगेको छ। प्रति तोला ६० हजार पुगेको सुनको मुल्य ६ बर्ष यताकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गत शुक्रबार सुनको मुल्य ६० हजार रुपैयाँ कायम भएको थियो। यो मुल्य २०६९ साल भदौ महिना यताकै सबैभन्दा महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।  

दशैं, तिहार र छठ जस्ता पर्वहरुले सुनको माग बढ्दा भारतीय बजारमा सुनको खपत बढेकाले नेपालमा समेत सुनको मुल्य नयाँ उचाईमा पुगेको शाक्यको भनाई छ। 

उनका अनुसार भारतीय बजारमा सुनको खपत बढ्नु, अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरसंगको तुलनामा भारु कम्जोर हुनु लगायतका कारणले सुनको मुल्य निरन्तर उकालो लागेको हो। २०६९ भदौमा सुनको मूल्य प्रतितोला ६३ हजार ५ सयसम्म पुगेको थियो। त्यसयता सुनको मुल्य घटेर ४७ हजार ७ सयसम्म झरेको थियो। पछिल्लो २ बर्ष सुनको मुल्य निरन्तर उकालो लाग्ने क्रममा छ।

असोज २९ गते सोमबार सुनको मुल्य प्रति तोला ६० हजार कायम गरिएको छ। सोमबार तय गरिएको सुनको मूल्य आगामी आइतबार सम्म कायम रहने छ। दशैं पर्व परेकाले आगामी आइतबार अघि सुनचाँदीको नयाँ मूल्य प्रकाशित नगर्ने महासंघले जनाएको छ।    

सुनको मुल्य उच्च हुँदा मागमा गिरावट

सुनको मूल्य लगातार बढेसँगै बजारमा सुनको माग समेत घट्न थालेको छ। शाक्यका अनुसार चाडवाडको बेला सुनको माग यस अघिका वर्षमा बढ्ने गरेपनि यस वर्ष भने माग बढ्नुको सट्टा घटेको छ। 

अघिल्लो बर्ष दशैंअघि दैनिक ४० किलो सुन खपत हुने गरेकोमा यस बर्ष दैनिक २५ किलो सुनसम्म बिक्रि हुन नसकेको शाक्यले बताए। सुनचांदी व्यवसायीले माग बढ्ने भन्दै सुन आयातको परिणाम बढाईदिन गरेको माग अनुसार नेपाल राष्ट्र बैंकले दैनिक २० किलोबाट २५ किलो पुर्याईदिएको थियो। 












Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved