सुन चाँदीका मूल्य बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2018 | 12:16:27 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बढेको छ । मंगलबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ बृद्धि भएको हो  । 

छापावाला सुन प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ७० रुपैयाँ, तेजावी सुन ४९ हजार ८ सय १५ र चाँदीमा ६ सय १३ रुपैयाँ मूल्य तोकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved