साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । विहिवारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले बृद्धि भएको हो ।
छापावाला सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार ४ सय ४० रुपैयाँ, तेजावी सुन ५१ हजार १ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।